Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

साझा पार्टीद्वारा पत्रकार र प्रहरीलाई अत्यावश्यक सुरक्षा सामाग्री वितरण

User Photo मङ्लबार, बैशाख १६, २०७७
टीकापुर ।

टीकापुरका सञ्चारकर्मी र सुरक्षाकर्मीलाई साझा पार्टीले मास्क, स्यानेटाइजर लगायत सामाग्री वितरण गरेकाेछ । साझा पार्टी, कैलाली क्षेत्र नम्बर- १ ले टीकापुरका सञ्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क, स्यानेटाइजर र ह्यान्ड ग्लब वितरण गरेको हाे ।

काेराेना संक्रमणकाे त्रासमा सबै घरभित्र बसे पनि सुचना सम्प्रेषणका लागि हिडिरहने पत्रकार तथा सञ्चारकर्मी र सुरक्षार्थ खटिने प्रहरी भने जाेखिम माेलेरै काममा खटिरहेका र उनीहरू नै सबै भन्दा जाेखिममा हुने भन्दै अत्यावश्यक मास्क, स्यानेटाइजर र ह्यान्ड ग्लब वितरण गरिएको क्षेत्र नम्बर १ संयोजक लोक बहादुर बुढा क्षेत्रीले बताए ।

प्रधानमन्त्रीले पत्रकारका सुचना सम्प्रषणलाई रहस्यमय भनेर मजाक गरे पनि साझापार्टीले उनीहरूलाई नै सम्मान गरेकाे बताउदै यसबाट अरुले पनि केही सिक्नुपर्ने संयाेजक बुढाकाे भनाइ छ । फिल्डमा खटिरहेका पत्रकारले सुचना सम्प्रेषणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेकाले उनीहरुलाई सुरक्षा सतर्कता अपनाउन आफुले सक्दो सहयोग गरेको र सबैले आआफ्नो क्षेत्रबाट गर्नुपर्ने उनले बताए ।

सामाग्रहरू ईलाका प्रहरी कार्यालय, टीकापुरलाई हस्तान्तरण गरिएकाे र इलाकाले नै टीकापुर नगरपालिकाका सबै प्रहरी चौकीहरुलाई वितरण गर्ने साझापार्टी, टिकापुरले जानकारी दिएकाेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.