Kanoon Post
बिहिबार, चैत्र १५, २०८०/ March 28, 2024,
बिहिबार, चैत्र १५, २०८०

Trending :

No tags found.

कैलालीमा राहतको विषयलाई लिएर दुई पक्ष बिच झडप, दुई जना घाईते

काठमाण्डाै ।

कैलालीको लम्कीचुहा नगरपालिकामा राहतको बिषयलाई लिएर दुई समूह बिच झडप भएको छ। नगरपालिकाको वडा नम्बर ४ मा राहतको बिषयमा लिएर झडप भएको हो। स्थानीय किशोर मिनराज न्यौपाने र चेतबहादुर धमलाको समूह बिच झडप भएको प्रहरीले जनाएको छ।

झडपमा चेतबहादुर पक्षका दुई युवा घाईते भएका छन्। नविन बिक र देव बिकको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई लम्कीबाट थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा मिनराज र उनका बुवा सहदेव न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। वडा अध्यक्ष लालबहादुर बोगटीका अनुसार केही दिन अगाडि दुई जनाबिच राहत वितरणकै विषयमा विवाद भएको थियो।

कसरी भयो झडप ?

१६ वर्षीय किशोर मिनराज न्यौपाना अध्यायनको लागि काठमाण्डौ थिए। उनी केही हप्ता पहिले मात्र कैलाली आएका थिए। गत बैसाख १९ गते वडा अध्यक्ष लालबहादुर बोगटी सहितको समूह उनको घरमा आयो। अध्यक्षसंगै चेतराज धमला पनि आएका थिए। उनीसंग मिनराजको सामान्य बिवाद भएको वडा अध्यक्ष बोगटीले जानकारी दिए। अध्यक्ष बोगटीका अनुसार स्थानीयले राहत बितरणमा अवरोध गर्न खोजेका थिए। ‘बिरोध गर्नेहरुलाई चिन्दैन्। दोस्रो चरणको राहतका लागि गएका थियौ। केहीले बिरोध गरेका हुन्। उनीहरु को–को हुन मलाई थाहाँ भएन्।’ वडा अध्यक्ष बोगटीले भने।

मिनराजकी आमा नानीदेवीका अनुसार उनका छोरासंग चेतबहादुर धमलाको सामान्य बिवाद भएको थियो। सोही बिवादले बुधबार झडपको रुप लिएको हो। मंगलबार मिनराज धमलाको खेतमा क्रिकेट खेल्न गए। युवाहरुको समुहले उनी माथि आक्रमण गरे। धमलाका छोराहरुले आक्रमण गरेको मिनराजकी आमा नानीदेवीले बताईन्। ‘राहतको कुरा गर्ने भएको भन्दै माटोको डल्लोले मेरो छोरोलाई हानेका थिए।

तराजले पनि मेरो खेतमा किन आइस भनेको थियो। उनीहरुले बाटोमा समेत मेरो छोरोलाई बस्न दिएनन्। मेरो छोरो घर आयो। उनीहरु पनि आए। घर घेराउ गरे। राती सम्म पनि उनीहरु यतै थिए। प्रहरीलाई खबर गर्दै थिए। खगेन्द्र न्यौपानेले गर्न दिनु भएन््। घटना मिलाउने बताउनु भयो। अनी गरेन्।’ नानीदेवीले भनिन्। तर चेतराज धमालाले भने, मंगलबार साझ मिनराजले आफुमाथि आक्रमण गरेको आरोप लगाएको छन्। उनले भने, ‘साझ पख थियो। स–साना केटाहरु क्रिकेट खेल्दै थिए। म बाख्रा चराउन गएको थिए। घर नजिकै हो। मैले त्यो मान्छेलाई देखेको थिएन्। मलाई ब्याडले हान्यो। मेरो होस थिएन्। महिलाहरुले घर ल्याएका रहेछन्। छलफल गर्न मेरा छोरा र युवाहरु गएका हुन्। तर उनीहरुले आक्रमण गरे।’

यता मिनराजको घरमा धमलाका छोरा र युवाहरु मंगलबार साझ पनि गएका थिए। मिनराजलाई बाहिर बोलाउन भन्दै थिए। २०÷२५ जनाको समुहले रातभरि घर घेराउ गरेको उनकी आमा नानीदेवी बताउछीन्। बुधबार बिहान पुनः उनीहरु घर घेराउ गर्न आए। बुधबार बिहान साढे ६ बजेको सायमा झडप भयो। मिनराजको घरमा ढुंगामुडा गर्न थालेको उनकी आमा नानी देविले बताईन्। घरको ढोका समेत फुटेको उनी बताउछीन्। घरमा आगो लगाएने घर घेराउ गरेका युवाहरुले धम्की दिएको उनी बताउछीन्। बिहान उनका श्रीमान सहदेव न्यौपाने घरमा थिएनन्। उनी आएपछि झडपको रुप ठुलो भयो। दुई युवालाई चोट लाग्यो। चेतराज पक्षका दुई युवाको टाउकोमा चोट पछि उनीहरुलाई नेपालगञ्ज लगिएको छ। युवा माथि आक्रमण गरेको भन्दै मिनाराज र उनका बुवा सहदेव न्यौपानेलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले घटनाको बारेमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको बताए। घाईते दुई जनाको लम्कीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको उनले बताए

प्रतिक्रिया

One response to “कैलालीमा राहतको विषयलाई लिएर दुई पक्ष बिच झडप, दुई जना घाईते”

  1. माथि थोरै mistake देखेँ। टाईपिङ लाई अलि शुद्ध बनाउनुहोला र नेपालि व्याकरण र चिन्ह लाई पनि बिशेष ख्याल गर्नुहोला। धन्यवाद।

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading