नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विरोर्ध र्याली प्रदर्शन गरेको गरेको छ ।
नेमकिपाका युवा नेता एवं सुदुरपश्चिम प्रदेशका इन्चार्ज रमेश रावलको अगुवाइमा भएको विरोध प्रदर्शन बघौराबाट सुरु भइ मोतिपुर, लम्की हुदै लम्की बसपार्क परीक्रमा गरी लम्की चौराहामा पुगेर कोणसभा गर्दै सकिएकाे थियाे ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका क्रममा प्रदर्शन गरिएको विरोर्ध र्यालीमा भारतको विस्तारवाद विरुद्ध र नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहितको नारा लगाइएको थियो ।
पार्टिका केन्द्रिय सदस्य खगेन्द्र शाहिले सरकारले यो समस्यालाई कूटनीतिक पहलबाट मात्र समाधान गर्न नसक्ने भन्दै तत्काल यसलाई अन्तर्राष्ट्रीयकरण गरी अन्तर्रा्ष्ट्रिय अदालत जानुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपाका कैलाली अध्यक्ष रमेश रावलले बारम्बार नेपालको भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय विस्तारवादको नीति र लिपुलेकको सडक निर्माण रोकेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको बताउनुभयो ।


