Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

भारत विरुद्ध कैलालीको लम्कीमा प्रर्दशन, मोदीको पुत्ला जलाईयाे

"स्वार्थी छिमेकी चाहिदैन, सिमा मिच्न पाईदैन"

User Photo बुधबार, बैशाख ३१, २०७७
लम्की, कैलाली ।

भारतले नेपाली भुमि अतिक्रमण गरेकोे विरुद्धमा कैलालीको लम्कीमा विरोध प्रर्दशन गरीएको छ । सचेत नागरिक समुहको आयोजनामा नेपाली भारतले नेपाली भुमि लिपुलेख लिपियाधुरा, कालापानी क्षेत्र अतिक्रमण गरेको भन्दै सो कार्य तत्काल रोक्न माग गदै युवाहरुले प्रर्दशन गरेका हुन ।

सचेत नागरिक समुहले भारतिय विस्तारवाद मुर्दाबाद, लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो, लगायत नारासहित लम्कीमा विरोधसभा गरेका हुन ।

स्वार्थी छिमेकी चाहिदैन, सिमा मिच्न पाईदैन, सिमा अतिक्रमण बन्द गर , लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, कालापानी हाम्रो हो जस्ता नारा लगाएर लम्कीचोक देखि साजको रूखसम्म पुगी पुनः लम्कीचोकमा कोणसभामा परिणत भएको थियो ।

साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाईएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरूमा युथ लिडरसीप कर्नरका अध्यक्ष कृष्णबहादुर बटाला, युवा समाजसेवी बुद्धिप्रसाद खनाल विपी, लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैसी, शिक्षक रामप्रसाद तिमिल्सेना, मातृका तिमिल्सेना, सचिन तिमिल्सेना, लगायतकाले विरोधसभामा मन्तव्य राखेका थिए ।

विरोधसभामा बोल्ने वक्ताले भारतीय हेपाहा प्रवृत्ति विरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए । सिमानामा सडक बनाउने घोषणा गरिसक्दा समेत नेपाल सरकारलाई थाहा नभएको भन्ने कुराले सत्तामा बस्ने नैतिक आधार गुमाएकाले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने समेत बताए ।

फाेटाे / भिडियाे- रमित पाण्डे


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.