Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कैलालीमा लकडाउनका बेला पिकनिक मनाउने बढे, जंगलमा मदिरा पिउदै बसेका हुन्छन युवा

User Photo शनिबार, जेष्ठ १०, २०७७
लम्की, कैलाली ।

कोरोना भाइरस संक्रमणले  गर्दा मुलुकमा लकडाउन जारी छ। लक डाउनको पालना गरि घरमै बस्न आग्रह गरिएको भए पनि कैलालीको लम्की चुहा बाट करिव ४ किलोमिटर टाढा रहेको पर्यटकिय क्षेत्र आमपानीमा प्रहरीको निगरानीमा कमी र गर्मी छल्नसमेत सजिलो हुने भएपछि मानिसहरुको भिड लाग्ने गरेको छ ।

युवाहरू दिउँसो पख मदिरा बोकेर त्यहा पुग्ने गरेको पाईएको छ । लम्की र आसपासका युवा पिकनिक खाने बहानामा त्यो क्षेत्रमा जाने गरेका छ्न । यसरी अहिले दैनिक पिकनिक खानेको भीड लाग्न थालेपछि कोरोनाको त्रास बढेको हो। आमपानी मात्र नभएर कैलालीको मोहन्याल गाउँपालिकाका विभिन्न ठाउँहरु राजकाँडा, काइजुवा, चोसेकाँडा, बजाडी, कटौजे, गर्भा दरबारलगायत ठाउँमा पिकनिक खाने, काफल खाने, घुम्ने भन्दै तराई क्षेत्रबाट मानिसहरु जाने गरेका छ्न ।

यसरी नचिनेका मानिसहरु यी क्षेत्रमा जादा स्थानीयवासी कोरोना सङ्क्रमण फैलिन्छ कि भनी त्रसित भएका छन्।

आमपानीमा मात्र दैनिक २०/२५ मोटरसाइकलसहित मानिसको भीडभाड बढेको छ। युवा हरु नुहाउदै मदिरा पिउदै गरेको त्यहा देखिन्छ ।

आमपानी पुगेकी चन्द्रा थापाले भनिन”हामी गर्मी छल्न यहाँ आएका छौ तर युवाहरु मदिरा ल्याएर आएका हुन्छ्न यहाँ बसेर खान्छ्न सम्बन्धीत पक्षले चासो देखाउदैन बाहिर बाहिरका मानिसहरु आउछ्न कोरोना फैलिने डर  छ ।

प्रहरीले बेला बेला गस्ती गरेको दाबी गरेपनी आमपानीमा जानेहरुको संख्यामा कमि आएको छैन । यस तर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.