कैलालीको मोहन्याल गाउँपालिकामा बाघले आतंक मच्चाउन थाले पछि स्थानीय त्रसित भएका छ । गाउँपालिकाको वडा नम्बर ७ माल्चानामा बाघले दिनहु बाख्रा मार्न थालेपछि स्थानिय बाख्रा पालक किसान मर्कामा परेका हुन ।
मंगलबार राती स्थानीय भगिरथ जैशीका २३ वटा बाख्रा मारेको जैशिले जानकारी दिनु भयो । बाख्रा पालेरै जिविकोपार्जन गर्ने उहाँ बाघले बाख्रा मारेपछी पिडामा हुनुहुन्छ । त्यस्तै कल प्रसाद जैशिका ४ वटा बाख्रा मारेको छ ।
भागिरथ जैशिले भन्नू भयो “हामी बाख्रा पालेर जिविको पार्जन गर्ने मान्छे,एउटा बाख्रा बेचेर चामल किनेर खाने मान्छे अब भएको लगानी सबै लगाएर बाख्रा पालन गर्यौ सबै बाघले खाएपछि बहुतै पिडामा छौ ।
आज बाख्रा मार्यो भोलि मान्छेलाई पनि आक्रमण गर्न सक्छ, राहत पाएका छैनौ । उक्त ठाउँमा बिगत धेरै वर्ष देखि बाख्रा मारीरहेको भए पनि गाउँपालिकाले यो विषयमा चासो नदेखाएको उहाँले आरोप लगाउनु भयो ।
यता वडा अध्यक्ष खर प्रसाद अधिकारिले भने पीडित लाई राहत दिने बताउनु भएको छ । बिगत धेरै वर्षदेखि बाघले आतंक मच्चाएको बताउदै उहाले बाघ पारी बर्दिया राष्ट्रिय निकुन्ज बाट आउने गरेको बताउनु भयो । सेना प्रहरीलाई आफुले जानकारी गराएको भन्दै पोहोरसाल गस्ती गरेजस्तो यो बर्ष पनि सेनालाइ गस्ती गर्न लागाउने बताउनु भयो । पिडित परिवारलाई उचित क्षेतिपुर्ती दिने बताउने बताउनु भयो ।
