काेराेना संक्रमण संगै लकडाउन भएकाे ७० दिन नाघि सक्याे । कमजाेर आर्थिक अवस्था भएका जनतामा दैनिक गुजरा चलाउन समेत समस्या भइरहेकाेछ । सरकारले राहत वितरण गरिरहेकाे भएपनि मनकारी केही व्यक्तिहरूले आफुले सक्दाे सहयाेग समेत गरिरहेकाछन ।
यस्तै समस्यामा रहेका धनगढी उपमहानगरपालिकाका विपन्नलाई सहयाेग स्वरूप जय बेहडा बाबा किराना पसलका ब्यापारी तथा स्थानीय समाजसेवी इन्द्र प्रसाद अधिकारीले विभिन्न अत्यावश्यक सामाग्रीहरू उपमहानगरपालिकालाई उपलब्ध गराएकाछन ।
विद्यार्थी नेता तथा अनेरास्ववियुका केन्द्रिय सदस्य नेत्र मैनालीकाे सहजिकरणमा साबुन, काेलगेट तथा माक्स लगायतका सामाग्री उपलब्ध गराएकाहुन ।

