Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९२ पुग्याे

User Photo शुक्रबार, जेष्ठ २३, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको छ । सेती प्रादेशिक अस्पातलको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पोजिटिभ भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार डडेल्धुराका ५ र कैलालीका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९२ पुगेको छ ।

सुदूरपश्चिमका ९२ जना संक्रमितमध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने १ जना संक्रमितको मृत्यु भइसकेको छ । बझाङ र बाजुराका १ र १ संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । अहिलेसम्म सुदूरपश्चिममा ७ जना कोरोना जितेर घर फर्किएका छन् ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमित देखिएका छन् । कैलालीमा ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै अछाममा १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६/६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.