Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

बैतडीकाे क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु

User Photo आइतवार, जेष्ठ २५, २०७७
काठमाण्डाै ।

बैतडीकाे पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ। भारतबाट फर्किएको दिन उनको मृत्यु भएको हो।

पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिए। शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको शनिबार राति क्वारेन्टाइनमै मृत्यु भएको हो। साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले जानकारी दिए।

मृतकको स्वाबको नमुना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनीसँगै बेंगलोरबाट १३ जना पनि शनिवार बिहानै पाटन पुगेका थिए। उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन्। यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० मा मृत्यु भएको थियो। पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.