Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि, कैलालीमा सबैभन्दा बढी

User Photo बिहिबार, जेष्ठ २९, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ ।

अस्पतालका अनुसार बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो । बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ । बाजुराकै अर्को स्थानीय तह त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पातलका अनुसार बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचिर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । सुदूरपश्चिममा बिहीबार थपिएका सहित १ सय ९१ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ९, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ ।संक्रमण पुष्टि भएका दुईजनाको मृत्यु भइसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.