Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदूरपश्चिममा थप २१४ जनामा कोरोना पुष्टि, जम्मा संख्या ५९३ पुग्याे

सुदुरपश्चिममा सबै भन्दा धेरै संक्रमित भएकाे जिल्ला कैलालीमा थपिए २२ जना

User Photo बिहिबार, असार ४, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिममा पछिल्लाे २४ घण्टामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

संक्रमितहरू डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लाका हुन ।

जसमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष गरी २१ जनाकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परिक्षणमा कोरोना पुष्टि भएको हाे।

यस्तै बाँकेको प्रयोगशालामा कैलालीकै थप एक जना महिलामा कोरोना पुष्टि भएको र उनकाे मृत्यु भइसकेपछि कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच सय ९३ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४६ जना, कञ्चनपुरका ७५ जना, डडेल्धुराका एक सय २३ जना, डोटीका ४२ जना, बैतडीका ५२ जना, अछामका ६६ जना, बाजुराका ६२ जना, बझाङमा १६ जना र दार्चुलामा १२ जना संक्रमित छन भने संक्रमित चार जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै निको भएर घर फर्किनेकाे संख्या ८१ रहेकाे छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.