सचेत नागरिक समूह लम्कीले कैलालीको प्रदेश सांसद माननीय रतन थापा र लम्की-चुहा नगरपालिका नगर प्रमुख महादेव बजगाई लाई PCR पद्धतिबाट कोरोना परिक्षणको दायरा बढाउन नजिकका जानकी गाउँपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरिया गाउँपालिका र टिकापुर नगरपालिकासंग समन्वय गरि PCR मेशिन खरिद गर्न र जनताको स्वास्थ्यको ख्याल गरिदिन माग पत्र बुझाएका छ्न ।
बिहिवार दिउँसो सांसद थापा र नगरप्रमुख बजगाइलाई माग पत्र बुझाएको एक जना युवा सचिन तिमिल्सेनाले जानकारी दिनु भयो ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा मृत्यु पछि मात्र कोरोना पुष्टि भइ रहेका बेला सके पालिका भित्र नसके अन्य छिमेकी पालिका सङ्ग समन्वय गरि मसेनी खरिद गर्न युवाहरुले माग गरेको तिमिल्सेनाले बताउनु भयो ।
लम्की चुहाकी एक स्थानिय महिलामा मृत्यु पछि कोरोना पोजेटिभ देखिए पछि स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै बेलैमा pcr मेसिन खरिद गरि कोरोना चेकजाच लाई तिब्रता दिन माग गरेको अर्का युवा कृष्ण वटालाले बताउनु भयो ।
माग पत्र बुझ्दै कैलाली क्षेत्र नम्बर २ का प्रदेश सांसद रतन थापाले आफुले पहल गर्ने आस्वासन दिनु भएको युवा उदय भाटले बताउनु भयो ।
माग पत्र बुझ्दै लम्किचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले यो विषयमा छलफल भइरहेको प्रतिक्रिया दिनु भएको बताइएको युवा तिलक गडतौलालेे जानकारी दिनु भयो । माग पत्र बुझाउन युवाहरु कृष्ण वटाला,तिलक गड्तौला ,सचिन तिमिल्सेना,एचडि अबिरल,उदय भाट लागायतका युवाहरू सहभागी भएका थिए ।
