Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

लम्किचुहा नगरपालिकामा एकै दिन ६१ जनामा काेराेना संक्रमण पुष्टी

User Photo सोमवार, असार ८, २०७७
लम्कि, कैलाली ।

कैलालीकाे लम्किचुहा नगरपालिकामा एकै दिन ६१ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । साेमबार साझ नगरपालिकाले दिएकाे जानकारी अनुसार थप ५८ जनामा संक्रमण पुष्टी भएकाे हाे । यस अघि आजै मात्र तिन जनामा संक्रमण पुष्टी भएकाे थियाे । यस संगै आजै थपिने संक्रमितकाे संख्या ६१ पुगेकाे हाे ।

नगरपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका २४२ जनामा आरडिटी पाेजटिभ देखिएकाे थियाे । जस मध्य ९३ जनाकाे स्वाव पिसिआरका लागी पठाइएकाे र आज उनीहरू मध्य ५८ जनाकाे रिपाेर्ट पाेजटिभ आएकाे नगरपालिकाले बताएकाे छ ।

संक्रमित सबै क्वारेन्टिनबाट घर फर्किसकेपछी मात्रै उनीहरूका पिसिआर रिपाेर्ट आएकाे हाे । उनीहरू सबै अहिले हाेमक्वारेन्टिन रहेका छन ।

तिनजना संक्रमित मध्य वडा नं- ९ का दुई जना र वडा नम्बर ६ का १ जना रहेका छन । संक्रमित ५८ जना मध्य वडा नं १ का ३ जना,  वडा नं २ का १ जना, वडा नं ४ का १६ जना, वडा नं ५ का ६ जना, वडा नं ६ का ९ जना, वडा नं ७ का १ जना, वडा नं ८ का १ जना, वडा नं ९ का ३ जना, वडा नं १० का १ र १७ जना कुन वडाका हुन भन्ने खुलिसकेकाे छैन । साथै संक्रमित सबै भारत लगायत विभिन्न देशबाट फर्किनेहरू रहेकाछन ।

संक्रमितमा कुनै लक्षण नदेखिएकाले घरमै क्वारेन्टिनमा रहने स्वास्थ्य शाखाले जानकारी दिएकाेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.