Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीको गोदावरीमा एकै दिन थप ४४ जनामा कोरोना पुष्टि

User Photo मङ्लबार, असार ९, २०७७
कैलाली ।

कैलालीको गोदावरीमा मंगलबार एकै दिन थप ४४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरीका १५ महिला र २९ पुरुष गरी थप ४४ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि गोदावरीमा ३७ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार थपिएसंगै गोदावरीमा जम्मा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । सुदूरपश्चिकै केन्द्र मानिने गोदावरी नगरपालिकामा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि गोदावरी बन्द गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार ५ महिनाको बच्ची, ३ वर्ष र ४ वर्षका बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पुरुषतर्फ पनि ८ वर्ष, १० वर्षका दुई जना बालक रहेका छन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार परीक्षणमा मंगलबार कैलालीका ४६ जनामा संक्रमण पुष्टि भएको हो । भजनी नगरपालिका १९ वर्षीय महिला र स्थानीय तह नखुलेका ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

योसँगै कैलालीमा संक्रमितको सङख्या तीन सय ८७ पुगेको छ । कैलाली तीन जना संक्रमितको मृत्यु भइसकेको जिल्ला हो । सेती प्रादेशिक अस्पतालमा मंलबार गरीएको परीक्षणमा कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक-एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.