Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदुरपश्चिममा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १,२७७ पुग्याे

User Photo मङ्लबार, असार ९, २०७७
धनगढी ।

सुदूरपश्चिममा पछिल्लाे २४ घण्टामा थप १ सय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, कैलाली एक महिला र १५ पुरुष गरी १६ जना, कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जना, अछामका दुई महिला र डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै धनगढी प्रयोगशालामा भएकाे परिक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । ४२ बर्षीया महिलाको स्थानीय तह खुलेको छैन्। यस्तै कञ्चनपुरको बेलौरी, बाजुर र बझाङका एक/एक जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएकाछन।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय ७७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका चार सय तीन, डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौँ, अछामका ८८, बाजुराका ९३, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.