कैलाली जिल्लामा पछिल्लाे २४ घण्टामा १०५ जना नयाँ कोरोना संक्रमित थपिएकाछन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएकाे परिक्षणमा ४८ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा ५७ जना गरी १०५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएकाे परिक्षणमा कैलालीका ९ महिला र ३९ पुरुष सहित ४८ जना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। संक्रमितहरूकाे स्थानिय तह खुली सकेकाे छैन ।
त्यस्तै यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको हाे।
आज थपिएका समेत गरी कैलालीमा संक्रमित संख्या ५०८ पुगेकाे छ ।
