Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

कैलालीको लम्कीमा देखिएको सलह नै भएको पुष्टी

User Photo सोमवार, असार १५, २०७७
काठमाण्डाै ।

गत शनिबार नेपाल प्रवेश गरेको सलह कीरा कैलालीको लम्कि पुगेको छ । लम्किचुहा नगरपालिका वडा नम्बर १ थपालिपुरको बारिमा सलह देखिएको सलह नै भएको लम्की चुहा कृषि साखाले जानकारी दिएको छ ।

सोमबार बिहान लम्किचुहा नगरपालिका वडा नम्बर १ मा स्थानिय लक्ष्मी रावलको वारि लगायत अन्य आसपासका क्षेत्रमा सलह देखिएको जानकारी दिनु भएको थियो ।

मंगलबार साझ लम्किचुहा कृषि शाखाको टोलिले स्थलगत अध्यायन गरेको थियो । उक्त स्थानमा कीट बिज्ञ दिवाकर गौतम,लम्की चुहाका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिक्रम चौधरी,कृषि साखाका सुरेश ढुंगाना, कृषि बिज्ञ गिरिजा चौधरी लगायतकाको टोलिले अध्यन गर्दै सलह भएको पुष्टि गरेको हो ।

स्थानीय लक्ष्मी रावलले सलहलाई आफुहरुले मारेर एक किलो जति राखेको पनि बताउनु भयो । सर्लाही, बारा र पर्सा, रूपन्देही, कपिलवस्तु र पाल्पा, नवलपरासी, अर्घाखाँची र दाङ स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुर लगायतका जिल्लाहरूमा सलह देखिसकेको छ ।

सलह आज हावासँगै पश्चिमतिर सरेको हुन सक्ने विज्ञहरुले बताएका छन् । अफ्रिकी देशबाट भारत हुँदै बिहारबाट नेपालसम्म पसेको हो । कीट बिज्ञ दिवाकर गौतमले सलह भएको  बताउनु भयो । 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.