Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

सुदूरपश्चिममा सलह किरा देखिएपछि कृषि प्राविधिकको टोली निरीक्षणमा

User Photo मङ्लबार, असार १६, २०७७
लम्कि, कैलाली ।

गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा सुदूरपश्चिममा पनि देखिएपछि कृषि प्राविधिकको टोलीले निरीक्षण गरेको छ । प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि प्राविधिको टोलीले आज कैलालीको विभिन्न क्षेत्रको निरीक्षण गरेको छ ।

फिल्डमा खटिएका प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले घोडाघोडी लम्कीचुहा जानकी, टिकापुर, कैलारी र जोशीपुरमा निरिक्षण गरेको बताउनु भयो । हिजो कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ थपालीपुर, बर्दगोरीया र जानकी गाँउपालिका लगायतका ठाँउमा देखिएको थियो ।

कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले चारवटा तहमा क्षति कम गर्न आवश्यक तयारी पनि थालिएको कृषि मन्त्रालयले जनाएको छ।

सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको छ।

कैलालीमा भित्रिएको सलह किरा ठूलो झुण्डमा नभएको बताईएको छ । कैलालीको लम्कीमा देखिएको सलह कुनै झुण्ड बाट छुट्टिएर कैलाली पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

सोमबार केही मात्रामा मात्रै किराहरू देखिए पनि आज पनि धेरै किराहरू देखा पर्न थालेको किसानहरूले बताएका छन् । कैलालीको बर्दगोरीया गाउँपालिकाका स्थानीय किसान रामप्रसाद कठरियाले सोमबारको तुलनामा मंगलबार खेतमा किरा बढी देखिएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह फट्यांग्रा संकलन गरेर ल्याए २५ रुपैयाँ दिने यसअघि नै निर्णय गरिसकेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.