
गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा सुदूरपश्चिममा पनि देखिएपछि कृषि प्राविधिकको टोलीले निरीक्षण गरेको छ । प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि प्राविधिको टोलीले आज कैलालीको विभिन्न क्षेत्रको निरीक्षण गरेको छ ।
फिल्डमा खटिएका प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले घोडाघोडी लम्कीचुहा जानकी, टिकापुर, कैलारी र जोशीपुरमा निरिक्षण गरेको बताउनु भयो । हिजो कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ थपालीपुर, बर्दगोरीया र जानकी गाँउपालिका लगायतका ठाँउमा देखिएको थियो ।
कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले चारवटा तहमा क्षति कम गर्न आवश्यक तयारी पनि थालिएको कृषि मन्त्रालयले जनाएको छ।
सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको छ।
कैलालीमा भित्रिएको सलह किरा ठूलो झुण्डमा नभएको बताईएको छ । कैलालीको लम्कीमा देखिएको सलह कुनै झुण्ड बाट छुट्टिएर कैलाली पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
सोमबार केही मात्रामा मात्रै किराहरू देखिए पनि आज पनि धेरै किराहरू देखा पर्न थालेको किसानहरूले बताएका छन् । कैलालीको बर्दगोरीया गाउँपालिकाका स्थानीय किसान रामप्रसाद कठरियाले सोमबारको तुलनामा मंगलबार खेतमा किरा बढी देखिएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह फट्यांग्रा संकलन गरेर ल्याए २५ रुपैयाँ दिने यसअघि नै निर्णय गरिसकेको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द