सुदुरपश्चिम

लम्किचुहामा यातायात कार्यालय बिस्तार नभए आन्दोलन गर्ने चेतावनी

लम्किचुहामा यातायात कार्यालय बिस्तार नभए आन्दोलन गर्ने चेतावनी

कैलालीको लम्कीचुहामा यातायात व्यवस्था सेवा कार्यालयको माग गर्दै लम्की क्षेत्रका अगुवाहरुले प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिह वोहरालाई ज्ञापन पत्र बुझाएका छन्।

सोमबार धनगढीस्थित मन्त्रालय पुगेको लम्कीको टोलीले यातायात ब्यबस्था सेवा कार्यालय स्थापनाका लागि लम्की नै उपयुक्त रहेको भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

यातायात कार्यालय स्थापनाका लागि गठित संघर्ष समितिका संयोजक जयरुप बुढाको नेतृत्वको टोलिमा नेपाल सरकारका पूर्व मन्त्री भीमबहादुर कडायत, लम्की उद्योग वाणिज्य संघ लम्किका अध्यक्ष पदम चौलागाईं,लभ शाही,विष्णु खनाल लगायत लम्की क्षेत्रका करिव २० जना टोलिमा आएका थिए ।

टोलिमा त्यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधि,उद्योग ब्यबसायी, यातायात ब्यवसायी, शिक्षक लगायतको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै मन्त्री बोहराले तत्काल यातायात कार्यालय यो ठाउँमा राख्ने निधो नभएको तर आफुहरु बिस्तार गर्ने योजनामा चाहिँ रहेको बताउनु भयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
सोम, साउन १२, २०७७ (July 27, 2020, 6:07 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया