
कैलालीको जानकी गाउँपालिका वडा न.१/५ र लम्कीचुहा नगरपालिका वडा न. ५ तिलकपुरका बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ ।
गत साउन १३ गते परेको अबिरल बर्षाका कारण डुवानमा परेका १८ परिवारलाई राहत वितरण गरिएको हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले जानकारी दिनु भयो ।
आफुहरुले थोरै भएपनी राहत होस भनेर पिडितहरुलाई चामल, नुन, दाल, तेल, र चाउचाउ वितरण गरेको बुढाले बताउनु भयो । हाल काठमाडौमा रहनु भएको गरिमा थापाको सहयोगमा राहत वितरण गरेको बुझिएको छ ।
हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले जब जब देशमा संकट आएमा युवाहरू उद्दार र राहतमा जुटनु पर्ने बताउनु भयो आगामी दिनमा सहकार्य गरेर सामाजिक काम गर्ने बताउनु भयो ।
केही दिन अगाडि कोरोना महामारीका बेला ईलाका प्रहरी कार्यालय लम्किमा अगाडी भारत बाट आएका हरु लाई पानी र जुस एक हप्ता सम्म वितरण गरेका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द