Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कैलालीका बाढी प्रभावित परिवारलाई राहत वितरण

User Photo मङ्लबार, साउन २०, २०७७
कैलाली ।

कैलालीको जानकी गाउँपालिका वडा न.१/५ र लम्कीचुहा नगरपालिका वडा न. ५ तिलकपुरका बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ ।

गत साउन १३ गते परेको अबिरल बर्षाका कारण डुवानमा परेका १८ परिवारलाई राहत वितरण गरिएको हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले जानकारी दिनु भयो ।

आफुहरुले थोरै भएपनी राहत होस भनेर पिडितहरुलाई चामल, नुन, दाल, तेल, र चाउचाउ वितरण गरेको बुढाले बताउनु भयो । हाल काठमाडौमा रहनु भएको गरिमा थापाको सहयोगमा राहत वितरण गरेको बुझिएको छ ।

हाम्रो लम्की कैलाली  क्लबका अध्यक्ष सन्तोष बुढाले जब जब देशमा संकट आएमा युवाहरू उद्दार र राहतमा जुटनु पर्ने बताउनु भयो आगामी दिनमा सहकार्य गरेर सामाजिक काम गर्ने बताउनु भयो ।

केही दिन अगाडि कोरोना महामारीका बेला ईलाका प्रहरी कार्यालय लम्किमा अगाडी भारत बाट आएका हरु लाई पानी र जुस एक हप्ता सम्म वितरण गरेका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.