Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

पुर्व-पश्चिम राजमार्गकाे बिजोकः चिसापानी- अत्तरिया सडकखण्डका खाल्डाखुल्डीले सवारी गुडाउनै मुस्किल

खाल्डाखुल्डीको मर्मत नहुदा दुर्घटनाको जोखिम बढेपनि काम सुरु भएन

User Photo आइतवार, साउन ३२, २०७७
कैलाली ।

कोरोना प्रभावपछी जारी लकडाउनका कारण पुर्व-पश्चिम राजमार्गको कैलाली खण्ड मर्मतको काम रोकिए पछि सडकमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको छ ।

चैत ११ गतेदेखी जारी लकडाउन खुकुलो भएसंगै राजमार्गमा सवारी साधन गुड्ने क्रम पनि बढेको छ। तर सडकमा भएका खाल्डाखुल्डीले आवातजावात गर्न समेत मुस्किल हुने गरेको छ।

कैलालीको अत्तरिया चौकीडाँडादेखि कर्णाली चिसापानी सम्मको ७९ किलोमिटर सडक मर्मतको काम रोकिएपछि आवातजावातमा सास्ती भईरहेको सुखडका ब्यापारी जियालाल आचार्यले बताउनु भयो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि सडक मर्मत गर्न कालिका जोशी जेभीलाई ठेक्का दिएको छ । तर लकडाउनका कारण राजमार्ग मर्मतको काम पुनः सुरु नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन कुमार बमले बताउनु भयो ।

कालिका जोशी जेभीलाई नियमित रुपमा सडक मर्मत गर्नका लागि १५ करोड ९० लाख बढीमा ठेक्का सम्झौता गरिएको छ। निर्माण कम्पनीले तीन वर्ष सम्म सडकमा परेका खाल्डाखुल्डी मर्मत गर्ने लगायतका काम गर्नु पर्ने भएपनि नियमित रुपमा मर्मतको काम हुन सकेको छैन्।

सडक मर्मतको काम गर्ने अधिकांस मजदुर प्रदेश वाहिर तथा भारतमा रहेका कारण अहिले काम गर्न नसकिएको निर्माण कम्पनीका गणेशदत्त जोशिले बताउनु भयो ।

सडकमा परेका खाल्डाखुल्डीको मर्मत नहुदा दुर्घटनाको जोखिम बढेपनि काम सुरु गर्न ढिलाई भईरहेको छ।

यता सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन कुमार बमले भने पानी पर्न रोकिने बित्तिकै काम सुरु गरिने बताउनछन । तीन वर्षका लागि सडक मर्मत गर्ने जिम्मेवारी पाएको कालिका जोशी जेभीले एक वर्ष मात्रै काम गरेको छ।

फाेटाे- रमित पाण्डे


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.