Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

लम्कीचुहा नगरपालिकामा २५१ जनाले कोरोना जिते, २७१४ बढीको पिसिआर परिक्षण

User Photo सोमवार, भदौ २२, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिकामा हाल सम्म २५१जनाले कोरोनालाई जितेका छन् । लम्कीचुहा स्वास्थ्य साखाका अनुसार कोरोना संक्रमणवाट मुक्त हुनेहरुमा २०६ जना पुरुष र ४६ जना महिला रहेका छन् । लम्कीचुहा नगरपालिकाका १० ओटै वडाहरुमा गरि हाल सम्म २५२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक महिलाको ज्यान गएको छ ।अब नगरपालिका भित्र १ जना मात्रै संक्रिय सक्रमितहरु रहेका छन् ।

सुरु सुरुमा भारतवाट आएर बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर परिक्षण गर्दा पोजेभिट रिपोर्ट आएपछि लम्कीचुहा नगरपालीकाले बनाएको आइसुलेसन राख्ने गरेको थियो ।तर पछिल्लो समय भने सबै संक्रमितहरु घरमै बस्ने गरेका छन् । उनीहरुको स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल अस्पतालमा पुञ्याउने ब्यबस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

नगरपालीकामा २५ बेडको आईसोलेसन तयार पारिएको आईसोलेसनमा अहिले एक जना मात्र सक्रिय संक्रमित रहेका छन् ।लम्कीचुहा नगरपालिकामा हाल सम्म १९८८ पुरुष र ७२६ महिला गरी २७१४ बढीको पिसिआर परिक्षण भैसकेको लम्कीचुहा आईसुलेसन व्यावस्थापक तप्त भण्डारीले जानकारी दिनु भयो ।

जसमध्ये २५२ जनाको पुन दोस्रो पटक परिक्षण गरिएको लम्कीचुहा नगरपालिका भित्र अहिले पनि भारतवाट आउने क्रम जारी रहेको र भारतवाट आएर सिधै घर गएका सबैको परिक्षण पनि भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।लम्किचुहा नगरपालिकाका कर्मचारी लगायत ७५ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।यस्तै आज सोमबार कैलालीको लम्कीचुहा नगरपालिका ३ मा रहेको सुदुरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गेमा कार्यरत ६३ जना नेपाल आर्मिमा कोरोना संक्रमण देखिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.