संविधान दिवसकाे दिन कैलालीकाे लम्किचुहामा संविधानकाे विराेधमा प्रदर्शन भएकाे छ । थारूहट/ थारूवान राष्ट्रिय माेर्चाले असाेज तिन, कालाे दिन भन्दै र्याली सहित प्रदर्शन गरेकाे हाे ।
थारूहट/ थारूवान राष्ट्रिय माेर्चा, क्षेत्र-१, कैलालीकाे आयाेजनामा टाउकाेमा कालाे फेटा र कालै व्यानरमा निकालिएकाे र्याली बजार परिक्रमा गरी लम्किचुहा- ४, बलियामा संविधान जलाउदै काेण सभा गरेर कार्यक्रम समापन भएकाे थियाे । र्यालीमा सांसद रेशम चाैधरीकाे रिहा गर, संविधानका धारा १८,३८,४२,२७४ र अनुसुची ४ संशाेधन गर, असाेज ३, कालाे दिन लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा जसपा नेताहरू कुन्दन चाैधरी, दल ब. बुचामगर, देशराज चाैधरी, गणेश पाण्डे, कर्ण ब. चलाउने तथा थारूहट / थारूवान राष्ट्रिय माेर्चा कैलाली जिल्ला संयाेजक मान बहादुर चाैधरी लगायतले सभालाइ सम्बाेधन गरेका थिए ।
कार्यक्रममा बाेल्दै बक्ताहरूले कैलाली क्षेत्र नं.- १ का सांसद रेशम चाैधरी लगायत र टिकापुर घटना कारण जेल रहेका सम्पुर्णकाे रिहा हुनु पर्ने माग मागरेका छन । संविधान संशाेधन गरिनुपर्ने, पहिचानका आधारमा प्रदेश कायम गरिनु पर्ने लगायतका मागहरू राख्दै वक्ताहरूले संविधानलाई अहिलेकै अवस्थामा कहिल्यै स्विकार गर्न नसकिने बताए ।
हेर्नुहाेस भिडियाे
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द