Naya Media
बिहिबार, बैशाख ३, २०८३
| | April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

कैलालीकाे लम्किचुहामा जलाइयाे संविधान (भिडियाे सहित)

User Photo शनिबार, अशोज ३, २०७७
लम्की, कैलाली ।

संविधान दिवसकाे दिन कैलालीकाे लम्किचुहामा संविधानकाे विराेधमा प्रदर्शन भएकाे छ । थारूहट/ थारूवान राष्ट्रिय माेर्चाले असाेज तिन, कालाे दिन भन्दै र्याली सहित प्रदर्शन गरेकाे हाे ।

थारूहट/ थारूवान राष्ट्रिय माेर्चा, क्षेत्र-१, कैलालीकाे आयाेजनामा टाउकाेमा कालाे फेटा र कालै व्यानरमा निकालिएकाे र्याली बजार परिक्रमा गरी लम्किचुहा- ४, बलियामा संविधान जलाउदै काेण सभा गरेर कार्यक्रम समापन भएकाे थियाे । र्यालीमा सांसद रेशम चाैधरीकाे रिहा गर, संविधानका धारा १८,३८,४२,२७४ र अनुसुची ४ संशाेधन गर, असाेज ३, कालाे दिन लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा जसपा नेताहरू कुन्दन चाैधरी, दल ब. बुचामगर, देशराज चाैधरी, गणेश पाण्डे, कर्ण ब. चलाउने तथा थारूहट / थारूवान राष्ट्रिय माेर्चा कैलाली जिल्ला संयाेजक मान बहादुर चाैधरी लगायतले सभालाइ सम्बाेधन गरेका थिए ।

कार्यक्रममा बाेल्दै बक्ताहरूले कैलाली क्षेत्र नं.- १ का सांसद रेशम चाैधरी लगायत र टिकापुर घटना कारण जेल रहेका सम्पुर्णकाे रिहा हुनु पर्ने माग मागरेका छन । संविधान संशाेधन गरिनुपर्ने, पहिचानका आधारमा प्रदेश कायम गरिनु पर्ने लगायतका मागहरू राख्दै वक्ताहरूले संविधानलाई अहिलेकै अवस्थामा कहिल्यै स्विकार गर्न नसकिने बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.