Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

लम्कीचुहा अस्पतालमा डेंगु र स्क्रबटाइफसका बिरामी खचाखच, बेड अभाव

User Photo मङ्लबार, अशोज २०, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्कीचुहा अस्पताल लम्कीचुहामा डेंगु र स्क्रफटाईफसका उपचार गराउन आउने बिरामीहरुको संख्या दिन प्रति बढ्दै छ साथै ज्वरो र टाईफाईडका बिरामि आउने गरेका छन् । बितेको १० दिनमा मात्र ५० जनामा स्क्रफटाईफस र २९ जनामा डेंगु देखिएको छ ।

लम्कीचुहा अस्पतालका मेडिकल अधिकृत डा. प्रकाश तिमिल्सेनाले अहिले धेरै बिरामि निको घर फर्किसकेको बताउनु भयो । लम्कीचुहा अस्पतालका मेडिकल अधिकृत डा. प्रकाश तिमिल्सेनाका अनुसार स्क्रब टाइफस ब्याक्टेरियाबाट सर्ने रोग हो ।

मुसामा पाइने एक प्रकारको किर्ना (माइट) ले मानिसलाई टोक्दाखेरि लाग्ने रोग हो । मुसामा पाइने किर्नाको टोकाइका कारणले मानिसमा सर्ने गर्दछ ।

यो रोग लागेपछि लगातार उच्च ज्वरो (१०३÷१०४) आउने, आँखा रातो हुने, जिउमा बिमिराहरू आउने, श्वास लिन गाह्रो हुने, शरीरका ग्रन्थीहरू सुनिने, जिउ दुख्ने लगायतका लक्षणहरू देखिन्छन् । साथै किर्नाले टोकेको ठाउँमा सानो दाग हुन्छ पछि गएर सुख्खा पाप्रोजस्तो हुन्छ ।

डाक्टर तिमिल्सेनानाले भने मुसाको प्रत्यक्ष सम्पर्क रहने ठाउँ झारपात, तथा झाडीमा किर्ना पाइने भएकाले त्यस्ता ठाउँमा रहेर काम गर्नेहरू बढी सचेत हुनुपर्ने बताउनु भयो ।

डा. प्रकाश तिमिल्सेना डेंगु एक प्रकारको ज्वरो बताउनु हुन्छ । यो पोथि लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ ।

खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताउनु भयो ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् ।

एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

त्यसैगरी डेंगुका लक्षणमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ,ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने,शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्ने डा. तिमिल्सेनाको भनाई रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.