Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

मुक्त कमैया, कमलहरी र बादी समुदायको अवस्थाबारे कार्यशाला गोष्ठी सम्पन्न

User Photo बिहिबार, अशोज २२, २०७७
लम्की, कैलाली ।

मुक्त कमैया कमलहरी र बादी समुदायको बर्तमान सामाजिक आर्थिक अवस्था अध्यन धनगढीमा एक कार्यक्रमका बिच प्रस्तुति गरिएको छ । कैलालीको धनगढी उप महानगर पालिकामा सरोकार वालाहरुको सहभागितामा कमलहरी र बादी समुदायको अवस्था प्रस्तुत गरिएको हो ।

एस नेपालका अध्यक्ष वाल्मीकि आउजीको अध्यक्षतामा भएको कार्यक्रममा, प्रदेश सांसद नेपालु चौधरी,रतन थापा,उमादेबी बादी, धनगढी उपमहानगर पालिकाका नगर प्रमुख नृप बहादुर वड, लम्की चुहा नगरपालिका उपप्रमुख टीका थापा,लम्किचुहा वडा नम्बर ३ का अध्यक्ष भक्त बहादुर चलाउने, धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष माधवराज राना लगायत बादि समुदाय र धुर्जन्ना सिविरका करिव ४५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुको सामु बादी समुदाय र मुक्तकमैयाका बर्तमान अवस्था र आगामी दिनमा समुदाय र सरोकार वालाले खेल्नु पर्नेमा भुमिका हरु बारे सल्लाह पनि दिएको थियो भने आगामी दिनमा समुदाय लाई अधिकार दिने कुराहरुमा जोड दिईएको थियो ।
कार्यक्रममा सहभागीहरुले आफ्ना समस्या र आवसेकताहरु सरोकार वाला समक्ष राखेका थिए ।

जवाफमा बोल्ने क्रममा अतिथिहरुले आगामी दिनमा गर्ने काम र योजना बारे पहल गर्ने प्रतिबद्धता गरेका थिए । एस नेपालका कार्यकारी प्रमुख जय बहादुर महराले संस्था र परियोजनाको जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका कार्यक्रम संयोजक नित्या नन्द जोशिले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.