Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदूरपश्चिममा प्रहरीले बनायो विशेष सुरक्षा योजना

User Photo शनिबार, अशोज २४, २०७७
काठमाण्डाै ।

, कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा रणनीति तयार पारेको जानकारी दिएको हो ।

चार्ड पर्वमा हुन सक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्ने गर्ने गरी सुरक्षा रणनीति तयार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । ‘यो समय बढी घटना तथा दुर्घटना हुने गरेका छन् । हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं,

दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको उनले बताए । ‘एक सातामा हामीले ३ दर्जन बढी जुवाडेलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘पक्राउ परेकाहरु माथि कडा कारबाही हुन्छ ।’

नयाँ सुरक्षा रणनीति अनुसार प्रहरी अघि बढ्ने उनले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा ५ हजार ५० प्रहरीले नयाँ सुरक्षा बनाएर नागरिकलाई सेवा दिने छन् ।

प्रदेशका ९ वटै जिल्लामा थप प्रहरी परिचालन गरी अपराध हुन सक्ने स्थानमा प्रहरीलाई चनाखो रहन निर्देशन दिइएको सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलाली कञ्चनपुर, डडेल्धुरा र डोटीमा थप प्रहरी परिचालन गरिएको छ । कैलालीमा र कञ्चनपुरमा ५०÷५० र डोटी तथा डडेल्धुरामा १०÷१० जना प्रहरी थप गरिएको छ ।

दसैं, तिहार र छठसम्म प्रदेशका ९ वटै जिल्लामा सीमा नाकाको नियमन, मोबाइल गस्ती, राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, यात्रु सहायता कक्ष लगायतमा प्रहरी खटिने प्रहरी उपरीक्षक सिंहले बताए ।

‘बढी भीड हुने ४० स्थानमा यात्रु सहायता कक्ष तयार गरिँदै छ,’ उनले भने, ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाही गर्ने गरी रणनीति तयार गरेका छौँ ।’

विशेष अवस्थाका लागि ७१४ जना प्रहरीको टोली समेत तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.