पछिल्लाे २४ घण्टामा कैलालीका ६६ जना सहित सुदूरपश्चिममा थप ७६ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा १ सय ७८ जनाको परीक्षण गरिएकोमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३९ जनामा संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ४ का ९ जना, वडा नम्बर ५ का ८ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ६ र ७ का एक/एक जना, त्यसैगरी ठेगाना नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको हाे ।
यस्तै कैलालीकै टीकापुर नगरपालिकाका १७ जना, घोडाघोडी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका ३ जना र गौरीगंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कैलालीकै ठेगाना नखुलेका ३ जना संक्रमित समेत थपिएका सूचना अधिकारी श्रेष्ठले बताए ।
उता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना र भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका एक एक जनामा समेत संक्रमण फेला परेको छ ।
यस्तै अछामका २ जना, डोटीका २ जना, बैतडीको दशरथचन्द नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका एक/एक जनामा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
