
गुड नेवर्श ईन्टरनेसनल नेपालको आर्थिक सहयोग सेवक नेपालको सहकार्य र लम्की चुहा शिक्षा साखाको समन्वयमा कैलालीको लम्की चुहा नगरपालिका भित्रका ४ वटा विद्यालयलाई ईलेक्ट्रोनिक्स सामाग्री सहयोग गरिएको छ । लम्कीचुहा नगरपमलीका कार्यालयमा सरस्वती माध्यमिक विद्यालय कौवापुर, जनप्रभात माध्यमिक विद्यालय तिलकपुर, सरस्वती माध्यामिक विद्यालय भुरुवा र बाल कल्याण माध्यमिक विद्यालय भुरुवा लाई सामाग्री हस्तान्तरण गरिएको हो ।
४ वटा विद्यालय लाई ३ लाख ३० हजार बराबरको सामाग्री हस्तान्तरण गतिएको हो ।जस अन्तर्गत बालकल्याण माध्यमिक विद्यालय लाई १ थान प्रोजेक्टर, मल्टिमिडिया १ थान, ल्यापटप १ थान, सरस्वती माध्यमिक विद्यालय कौवापुर लाई १ थान प्रोजेक्टर, १ थान ल्यापटप,१ थान साउण्ड सिस्टम, सरस्वती माध्यमिक विद्यालय भुरुवा लाई १ थान ल्यापटप १ थान प्रोजेक्टर र जन प्रभात माध्यमिक विद्यालय तिलकपुर लाई १ सेट साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ ।
सामाग्री हस्तान्तरण पछि बोल्दै लम्किचुहा नगरपालिकाकि उप प्रमुख टीका थापाले गुड नेवर्सको काम निकै राम्रो भएकाले सामाग्री नभएका अन्य विद्यालयमा सक्दो सहयोग गर्न अनुरोध गर्नु भयो ।
बाल कल्याण माद्यामिक विद्यालयका प्रध्यानाध्यापक रुप लाल न्यौपानेले सहयोग गर्ने संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भयो ।
गुड नेवर्सका जिल्ला संयोजक देबेन्द्र भण्डारीले अहिलेको समय प्रबिधिको भएकाले आफुहरुले ईलेक्ट्रोनिक्स सामान दिएको बताउनु भयो । आफुहरुले शिक्षा क्षेत्रमा मात्र नभएर अन्य स्वास्थ्य क्षेत्रमा पनि सहयोग गरेको बताउनु भयो । आगामी दिनमा पनि नियमित सामाग्री सहयोग गर्दै जाने समेत जानकारी गराउनु भयो ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द