Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

गुड नेवर्श ईन्टरनेसनल नेपाल द्धारा लम्कीचुहाका ४ वटा विद्यालयलाई सामाग्री सहयोग

User Photo आइतवार, मंसिर २८, २०७७
लम्की कैलाली ।

गुड नेवर्श ईन्टरनेसनल नेपालको आर्थिक सहयोग सेवक नेपालको सहकार्य र लम्की चुहा शिक्षा साखाको समन्वयमा कैलालीको लम्की चुहा नगरपालिका भित्रका ४ वटा विद्यालयलाई ईलेक्ट्रोनिक्स सामाग्री सहयोग गरिएको छ । लम्कीचुहा नगरपमलीका कार्यालयमा सरस्वती माध्यमिक विद्यालय कौवापुर, जनप्रभात माध्यमिक विद्यालय तिलकपुर, सरस्वती माध्यामिक विद्यालय भुरुवा र बाल कल्याण माध्यमिक विद्यालय भुरुवा लाई सामाग्री हस्तान्तरण गरिएको हो ।
४ वटा विद्यालय लाई ३ लाख ३० हजार बराबरको सामाग्री हस्तान्तरण गतिएको हो ।जस अन्तर्गत बालकल्याण माध्यमिक विद्यालय लाई १ थान प्रोजेक्टर, मल्टिमिडिया १ थान, ल्यापटप १ थान, सरस्वती माध्यमिक विद्यालय कौवापुर लाई १ थान प्रोजेक्टर, १ थान ल्यापटप,१ थान साउण्ड सिस्टम, सरस्वती माध्यमिक विद्यालय भुरुवा लाई १ थान ल्यापटप १ थान प्रोजेक्टर र जन प्रभात माध्यमिक विद्यालय तिलकपुर लाई १ सेट साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ ।
सामाग्री हस्तान्तरण पछि बोल्दै लम्किचुहा नगरपालिकाकि उप प्रमुख टीका थापाले गुड नेवर्सको काम निकै राम्रो भएकाले सामाग्री नभएका अन्य विद्यालयमा सक्दो सहयोग गर्न अनुरोध गर्नु भयो ।
बाल कल्याण माद्यामिक विद्यालयका प्रध्यानाध्यापक रुप लाल न्यौपानेले सहयोग गर्ने संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भयो ।
गुड नेवर्सका जिल्ला संयोजक देबेन्द्र भण्डारीले अहिलेको समय प्रबिधिको भएकाले आफुहरुले ईलेक्ट्रोनिक्स सामान दिएको बताउनु भयो । आफुहरुले शिक्षा क्षेत्रमा मात्र नभएर अन्य स्वास्थ्य क्षेत्रमा पनि सहयोग गरेको बताउनु भयो । आगामी दिनमा पनि नियमित सामाग्री सहयोग गर्दै जाने समेत जानकारी गराउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.