साम्राज्ञी युनियन लम्किचुहाको चैनपुरमा आयोजना गरेको फुटबलमा दोस्रो स्थान ल्यायको पुरस्कार रकम लम्की चुहा ५ बस्ने चिरञ्जीवी घर्ती मगरलाइ सहयोग गरेको छ ।
जनप्रभात माध्यामिक विद्यालय तिलकपुरमा कक्षा ८ मा अध्यनरत चिरञ्जीवीको आर्थिक अवस्था निकै कमजोर भएकाले उनलाइ युनियनका संयोजक मयाराम खत्री र राहुल सुनारले जाडोको लागि न्यानो लुगा र पाठ्यपुस्तक बितरण गरेका छन । पुरस्कार बाफत प्राप्त गरेको १५ हजार मध्ये करिब ६ हजार सम्मको सामग्री बितरण गरिएको शिक्षक प्रकाश बिकले जानकारी दिनु भयो ।
साम्राज्ञी युनियनले पछिल्लो समय विभिन्न सामाजिक कामहरु गरि रहेको छ केही समय पहिले आमपानी क्षेत्रमा डस्टबिन समेत राखेको थियो ।
