
लम्की / सिर्जनशील युवा समाजले कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ अजिङगरेमा चौतारो निमार्ण गरेको छ ।युवा समाजका केन्द्रिय समितिका सदस्यहरूबाट संकलित करिब ६५ हजार रुपैँयाको लागतमा चौतारो निर्माणको काम सम्पन्न भएको हो । चौतारो बनेसंगै त्यस क्षेत्रका स्थानियलाई थकान मेट्न होस अथवा गाउँमा हुने विभिन्न किसिमका सभा सम्मेलन गर्न सहज हुने केन्द्रिय कोषाध्यक्ष राम प्रसाद बजगाइले बताउनु भयो ।
मोहन्याल गाउँपालिकालाई केन्द्रमा राखी त्यस क्षेत्रमा हुने विकास निमार्णका काम, गरिव, दुःखी, विपन्न लगाएत असाहयहरूलाइ संस्थाले सहयोग गर्दै आइरहेको केन्द्रिय अध्यक्ष खकेन्द्र शाहीले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘हामी मोहन्याली युवा हौँ । हामीलाई आफ्नो गाउँ ठाउँ प्यारो लाग्छ ।’
आगामि दिनमा समेत संस्थाले गाउँघरमा आइपर्ने हरेक समस्यामा सहयोग गर्दै जाने समेत शाहीले बताउनु भयो । चौतारो निर्माणमामा गाउँका समाजसेवी शिवराज खड्का, हिक्मत भण्डारी र प्रकास जैशीले पनि आर्थिक सहयोग गर्नु भएको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द