लम्की / सिर्जनशील युवा समाजले कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ अजिङगरेमा चौतारो निमार्ण गरेको छ ।युवा समाजका केन्द्रिय समितिका सदस्यहरूबाट संकलित करिब ६५ हजार रुपैँयाको लागतमा चौतारो निर्माणको काम सम्पन्न भएको हो । चौतारो बनेसंगै त्यस क्षेत्रका स्थानियलाई थकान मेट्न होस अथवा गाउँमा हुने विभिन्न किसिमका सभा सम्मेलन गर्न सहज हुने केन्द्रिय कोषाध्यक्ष राम प्रसाद बजगाइले बताउनु भयो ।
मोहन्याल गाउँपालिकालाई केन्द्रमा राखी त्यस क्षेत्रमा हुने विकास निमार्णका काम, गरिव, दुःखी, विपन्न लगाएत असाहयहरूलाइ संस्थाले सहयोग गर्दै आइरहेको केन्द्रिय अध्यक्ष खकेन्द्र शाहीले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘हामी मोहन्याली युवा हौँ । हामीलाई आफ्नो गाउँ ठाउँ प्यारो लाग्छ ।’
आगामि दिनमा समेत संस्थाले गाउँघरमा आइपर्ने हरेक समस्यामा सहयोग गर्दै जाने समेत शाहीले बताउनु भयो । चौतारो निर्माणमामा गाउँका समाजसेवी शिवराज खड्का, हिक्मत भण्डारी र प्रकास जैशीले पनि आर्थिक सहयोग गर्नु भएको छ।
