
२२ बर्ष देखि सडक छेउमा सानो छाप्रो बनाएर बसेका कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ६० बर्षिय बृद्ध बद्री चौलागाईंलाई लम्की जेसिसले एक बर्षलाइ पुग्ने खाद्यान्न, ओढने ओछ्याउने र एक सेट भाडाकुडा सहयोग गरेको छ ।
परिवारमा कोहि पनि अन्य सदस्य नभएका चौलागाईं जाडोमा सडक छेउमा नर्कटले बनाइएको सानो छाप्रोमा रात बिताई रहेका थिए ।
काम गर्न सकेको दिनमा कमाई खाने भएपनि अन्य दिनमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ । लम्की जिसिसका अध्यक्ष घनश्याम डागीको संयोजकत्वमा गएको टोलिले चौलागाईं लाई दुई क्विन्टल चामल, ५ पोका नुन, १५ किलो दाल, सोडा,साबुन, एक सेट भाडाकुडा ५ लिटर तेल, सिरक, डसना सहयोग गरेको हो ।
लम्की जेसिसका अध्यक्ष घनश्याम डागिले जेसिस भनेको सामाजिक र सेवामुलक संस्था भएकाले समाजमा यस्ता कुरामा आफ्नो टिमले विषेश ध्यान दिने बताउनु भयो ।
आफुले केही दिन अगाडि मिडियामा उहाको दर्दले भरिएको भिडियो देख्दा आफ्नो मन रोयो र सहयोग हर्नु पर्छ भन्ने लागेर लम्की जेसिस परिवारले बर्ष २०२१ को कार्यकालको सुरुमै सेवा गर्न पाउदा खुसी लागेको प्रतिक्रिया दिनु भयो ।
आगामी दिनमा पनि लम्की जेसिसले नेतृत्व विकास सङ्गै लम्की क्षेत्रमा रहेको लागु पदार्थ दुर्वेसनी लाई न्युनीकरण गर्न सहयोग गर्ने बताउनु भयो ।
स्थानिय बसन्ती देबि अधिकारीले बेला बेला स्थानिय सरकारलाई सहयोगको लागि अपिल गरे पनि स्थानिय सरकारले सहयोग नगरेको गुनासो गर्नु भयो ।
वडा नम्बर ९ कि रेस्मा न्यौपानेले वडा नम्बर ७ ले सहयोग नगरेकोमा दुख व्यक्त गर्नु भयो ।
लम्की चुहा नगरपालिकाका कार्यबाहक अध्यक्ष भगवानदिन चौधरीले बृद्ध चौलागाईंको अवस्था भर्खरै थाह पाएकाले आवास व्यावस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सामग्री वितरण कार्यबाहक अध्यक्ष जेसि चक्र उपाध्याय,कार्यकारी उपाध्यक्ष जेसि कमल सिंह क्षेत्री,जेसि रज बहादुर थापा,नेत्र प्रसाद जैशी,कानुनी सल्लाहकार मोहन ढुंगाना,भरत खनाल,कल्पना तिमिल्सिना,लगायत स्थानियको उपस्थिति रहेको थियो ।
केही दिन अगाडि लम्किचुहा नगरपालिका वडा नम्बर १ वडा सचिव विष्णुकान्त प्याकुरेलले पनि सहयोग गर्नु भएको थियो ।