Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

लम्की जेसिस द्वारा ६० बर्षिय असाहय बृद्धलाई बर्षभरी पुग्ने खाद्यान्न सहयोग

लम्की जेसिसले नेतृत्व विकास संगै लम्की क्षेत्रमा रहेको लागु पदार्थ दुर्व्यसनी न्युनीकरण गर्न सहयोग गर्छ : अध्यक्ष डागी

User Photo बिहिबार, माघ २९, २०७७
लम्की कैलाली ।

२२ बर्ष देखि सडक छेउमा सानो छाप्रो बनाएर बसेका कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ६० बर्षिय बृद्ध बद्री चौलागाईंलाई लम्की जेसिसले एक बर्षलाइ पुग्ने खाद्यान्न, ओढने ओछ्याउने र एक सेट भाडाकुडा सहयोग गरेको छ ।

परिवारमा कोहि पनि अन्य सदस्य नभएका चौलागाईं जाडोमा सडक छेउमा नर्कटले बनाइएको सानो छाप्रोमा रात बिताई रहेका थिए ।

काम गर्न सकेको दिनमा कमाई खाने भएपनि अन्य दिनमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ । लम्की जिसिसका अध्यक्ष घनश्याम डागीको संयोजकत्वमा गएको टोलिले चौलागाईं लाई दुई क्विन्टल चामल, ५ पोका नुन, १५ किलो दाल, सोडा,साबुन, एक सेट भाडाकुडा ५ लिटर तेल, सिरक, डसना सहयोग गरेको हो ।

लम्की जेसिसका अध्यक्ष घनश्याम डागिले जेसिस भनेको सामाजिक र सेवामुलक संस्था भएकाले समाजमा यस्ता कुरामा आफ्नो टिमले विषेश ध्यान दिने बताउनु भयो ।

आफुले केही दिन अगाडि मिडियामा उहाको दर्दले भरिएको भिडियो देख्दा आफ्नो मन रोयो र सहयोग हर्नु पर्छ भन्ने लागेर लम्की जेसिस परिवारले बर्ष २०२१ को कार्यकालको सुरुमै सेवा गर्न पाउदा खुसी लागेको प्रतिक्रिया दिनु भयो ।

आगामी दिनमा पनि लम्की जेसिसले नेतृत्व विकास सङ्गै लम्की क्षेत्रमा रहेको लागु पदार्थ दुर्वेसनी लाई न्युनीकरण गर्न सहयोग गर्ने बताउनु भयो ।

स्थानिय बसन्ती देबि अधिकारीले बेला बेला स्थानिय सरकारलाई सहयोगको लागि अपिल गरे पनि स्थानिय सरकारले सहयोग नगरेको गुनासो गर्नु भयो ।

वडा नम्बर ९ कि रेस्मा न्यौपानेले वडा नम्बर ७ ले सहयोग नगरेकोमा दुख व्यक्त गर्नु भयो ।

लम्की चुहा नगरपालिकाका कार्यबाहक अध्यक्ष भगवानदिन चौधरीले बृद्ध चौलागाईंको अवस्था भर्खरै थाह पाएकाले आवास व्यावस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सामग्री वितरण कार्यबाहक अध्यक्ष जेसि चक्र उपाध्याय,कार्यकारी उपाध्यक्ष जेसि कमल सिंह क्षेत्री,जेसि रज बहादुर थापा,नेत्र प्रसाद जैशी,कानुनी सल्लाहकार मोहन ढुंगाना,भरत खनाल,कल्पना तिमिल्सिना,लगायत स्थानियको उपस्थिति रहेको थियो ।

केही दिन अगाडि लम्किचुहा नगरपालिका वडा नम्बर १ वडा सचिव विष्णुकान्त प्याकुरेलले पनि सहयोग गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.