Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

सञ्चारकर्मी लगायतलाई घटना सुनाउँदा सुनाउँदा भागरथीकी आमा झन् हैरान

User Photo मङ्लबार, फाल्गुन ४, २०७७
काठमाण्डाै ।

सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरु पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’

हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरु ? छोरीको घटना सुनाउँदा सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् । यसरी हूलका हूल घर पुगेका मानिसलाई उही कुरा दोहोर्याएर भन्नु पर्दा आमालाई कति पीडा थपिएको होला भन्ने अनुमान त्यहाँ जानेले गरेका होलान् ?’

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २२ गते शव फेला परेको थियो ।

शनिबार उनको घरतर्फ जाँदै गरेकाहरु तीन पसलेको कुरा नसुनेझैँ गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को समूह त्यहाँ पुगिसकेको देखियो । विघटित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायत नेताकायर्कर्ताको समूह भागरथीकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी घटनावृत्तान्त बताइरहेकी थिइन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.