Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टामा अब एमबीबीएस डाक्टर

User Photo शुक्रबार, फाल्गुन ७, २०७७
लम्की, कैलाली ।

कैलालीको मोहन्याल गाउँपालि वडा नम्बर ६ सोल्टामा १५ सैयाको अस्पतालको उदघाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले एक कार्यक्रमबीच १५ सैया अस्पतालको समुद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ , शिक्षा लगायतका पाउने नागरिकको आधारभूत आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा सरकार लागिरहेको बताउनु भयो ।

केपी ओलो सरकार ले स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिएर सबै स्थानीय तहमा ५ देखि १५ सैया सम्मको अस्पताल स्थापना गर्ने नीति रहेको र दक्ष जनशक्ति ,भौतिक पुर्वाधार ,स्वास्थ सामग्रीको कमि हुन नदिने बताउनु भयो । यसै सरकारको पालामा सुकुम्बासी ,भुमिहिन ,हलिया ,मुक्त कमैयाको हातमा जग्गा धनी पुर्जा पाउने समेत बताउनुभयो ।

आज देखि नै सुगरखाल स्वास्थ चौकी सोल्टामा मेडिकल अफिसर डा.मुकलेस्वर माधवी(एमबीबीएस) ले सेवा दिने हुनु भएको छ ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय रतन थापा ,पुर्व रास्टिय सभा सदस्य कमला ओलि,नेकपा ओलि पक्षका केन्द्रिय सदस्य दल बहादुर रावल ,बर्दगोरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन सिह बिसी,स्वास्थ चौकी प्रमुख जयनन्द जैसीले शुभकामना मनतब्य राख्नु भएको थियो ।

गाउपालिकाका अध्यक्ष नवल सिह रावलको सभापतितब भएको कार्यक्रममा स्वागत मनतब्य स्वास्थ शाखा प्रमुख कर्ण बिकले गर्नु भएको थियो र कार्यक्रम संचालन नरेन्द्र थापाले गर्नु भएको थियोे ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.