कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टामा अब एमबीबीएस डाक्टर

शुक्रबार, फाल्गुन ७, २०७७, लम्की, कैलाली । 

कैलालीको मोहन्याल गाउँपालि वडा नम्बर ६ सोल्टामा १५ सैयाको अस्पतालको उदघाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले एक कार्यक्रमबीच १५ सैया अस्पतालको समुद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ , शिक्षा लगायतका पाउने नागरिकको आधारभूत आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा सरकार लागिरहेको बताउनु भयो ।

केपी ओलो सरकार ले स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिएर सबै स्थानीय तहमा ५ देखि १५ सैया सम्मको अस्पताल स्थापना गर्ने नीति रहेको र दक्ष जनशक्ति ,भौतिक पुर्वाधार ,स्वास्थ सामग्रीको कमि हुन नदिने बताउनु भयो । यसै सरकारको पालामा सुकुम्बासी ,भुमिहिन ,हलिया ,मुक्त कमैयाको हातमा जग्गा धनी पुर्जा पाउने समेत बताउनुभयो ।

आज देखि नै सुगरखाल स्वास्थ चौकी सोल्टामा मेडिकल अफिसर डा.मुकलेस्वर माधवी(एमबीबीएस) ले सेवा दिने हुनु भएको छ ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय रतन थापा ,पुर्व रास्टिय सभा सदस्य कमला ओलि,नेकपा ओलि पक्षका केन्द्रिय सदस्य दल बहादुर रावल ,बर्दगोरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन सिह बिसी,स्वास्थ चौकी प्रमुख जयनन्द जैसीले शुभकामना मनतब्य राख्नु भएको थियो ।

गाउपालिकाका अध्यक्ष नवल सिह रावलको सभापतितब भएको कार्यक्रममा स्वागत मनतब्य स्वास्थ शाखा प्रमुख कर्ण बिकले गर्नु भएको थियो र कार्यक्रम संचालन नरेन्द्र थापाले गर्नु भएको थियोे ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

ज्योति सुनार

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: ज्योति सुनार

ज्योति सुनार

बुधबार, पुस १, २०७७ (December 16, 2020, 7:20 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै