७१ औ प्रजातन्त्र दिवसको अवसरमा बिपि कोइराला युवा नेतृत्व विकास मन्च कैलालीले बौनियामा रहेको सहारा घरमा फलफूल वितरण गरेको छ ।
बिपि कोइराला युवा नेतृत्व विकास मन्च कैलालीका अध्यक्ष जुगराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस महासमिति सदस्य अरुण कुमार चौधरी रहनु भएको थियो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि सुमन सन्ज्याल, पुर्व महाधिवेशन प्रतिनिधि रङ्गा भट्टराई, बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष श्यामु चौधरी लगायतकाको सहभागीता रहेको थियो ।
बाल कुमारी सुनारको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन राहुल बुढाले गर्नु भएको थियो ।
