सिर्जनशील युवा समाज प्रवास समिती भारतले मुटुको भल्ब सम्वन्धी समस्या बाट पिडित एक जनालाइ उपचारका लागी अर्थिक सहयोग गरेको छ। भल्ब सम्बन्धी समस्या बाट पिडित कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ५ निवासी उर्मिला चौधरीलाइ रु १० हजार सहयोग गरेको हो।
प्रवास समितिका अध्यक्ष निसान भाट्को पहलमा प्रवासमा संकलन गरिएको रकम प्रवास समितीका उपाध्यक्ष प्रेम ढकालले शनिवार पिडितका बुवालाइ हस्तानान्तरण गनुभएको छ। चौधरीको उपचारको लागी अध्यक्ष निशान भाट्,राजेश देवकोटा,समाज सेवी हरी जैशी,कोषाध्यक्ष तपेन्द्र विष्ट्,सदस्यहरु चित्र माझि,सह-सचिब गगन बोहोरा र डबल कडायतले अार्थिक सहयोग गर्नु भएको थियो।
विगत ६ बर्ष देखी सो रोग बाट पिडित भइ जिवन र मृत्यु सग अौषधिको साहारामा उनिको जिवन बाची रहेको छ। थुप्रै अस्पताल पुगि सकेकी उनलाइ डाक्टरहरुले अप्रेससन गनुपर्ने भनेका छन।
उनको अप्रेसनको लागी ५/६ लाख लाग्ने भएको छ। परिवारको अार्थिक अवस्था अत्यन्तै नाजुक रहेकाले परिवारले उर्मिलाको जिवन बचाइ दिन सहयोगको अपिल गरेको थियो।
