Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

वडा स्तरीय विपद व्यवस्थापन समिति गठन

User Photo मङ्लबार, चैत्र ३, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ मा आज विपद व्यवस्थापन समिति गठन गरिएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ को आयोजना तथा तयार नेपालको सहयोगमा समितिको गठन गरिएको हो ।उक्त अवसरमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बमको संयोजकत्वमा १५ सदस्यीय वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरिएको तयार नेपालका फिल्ड अफिसर प्रेमलाल कुश्मीले जानकारी दिनुभएको छ ।
समितिको सदस्यमा वडा सदस्य चन्द्रबहादुर बिक, सुमित्रा कुमारी चौधरी , नेकपा एमालेबाट बलबहादुर भण्डारी, नेपाली काङ्ग्रेसबाट केशवराज बजगाई, नेकपा माओवादी केन्द्रबाट देवीराम जैशी, जनता समाजवादी पार्टीबाट देशराज चौधरी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका तर्फबाट उपशाखा सदस्य पर्सबहादुर चलाउने, युवा क्लबबाट लोकेन्द्र सिंह ,नकुल बम र अबिशा बिक, विपद प्रभावित क्षेत्रबाट खडक बिक र केवलपती चौधरी, इलाका प्रहरी कार्यालय लम्कीका प्रतिनिधि रहेका छन भने सदस्य सचिवमा वडा सचिव विष्णुकान्त प्याकुरेल रहनुभएको छ ।
वडा अध्यक्ष जनकबहादुर बमको अध्यक्षतामा भएको समिति गठन कार्यक्रममा कार्यपालिका सदस्य दुर्पता बिक, बिर्मा बिक , तयार नेपालका फिल्ड अफिसर प्रेमलाल कुश्मी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैना, राजनीतिक दलका प्रतिनिधि , वडा सदस्य लगायतकाको उपस्थिति रहेको थियो ।
बैठककले समितिको बैठक सामन्य अवस्थामा ३ महिनामा एकपटक अनिवार्य बस्ने र आवश्यकता अनुसार अन्य समयमा पनि बस्ने निर्णय गर्नुका साथै आगामी बैठकमा विपद व्यवस्थापन सम्बन्धि आवश्यक कार्ययोजना समेत निर्माण गर्ने निर्णय समेत गरेको वडा सदस्य तथा वडा स्तरीय विपद व्यवस्थापन समिति सदस्य चन्द्रबहादुर बिकले जानकारी दिनुभएको छ ।
हालसम्म तयार नेपालको सहयोगमा लम्कीचुहाका ८ वटा वडाहरुमा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न भैसकेको र बाकी २ वटा वडामा पनि तत्कालै समिति गठन गरिने तयार नेपालका प्रेमलाल कुश्मीले बताउनुभयो ।
समितिले वडा स्तरमा विपद पुर्व तयारी , विपद व्यवस्थापन सम्बन्धि कार्ययोजना निर्माण , उद्दार तथा राहत वितरण लगायतका क्षेत्रमा कार्य गर्ने बताइएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.