Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

लम्की जेसिज इतिहासमै पहिलो पटक प्रथम किसान सहकारी जेसिज क्रिकेट कप २०७७ हुने

लम्की क्षेत्र लाई क्रिकेटको मुख्य हब बनाउने मुख्य उद्देश्य

User Photo सोमवार, चैत्र ९, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्कीमा प्रथम किसान सहकारी जेसिज क्रिकेट कप २०७७ हुने भएको छ । आगामी चैत्र १३ देखि २८ गते सम्म खेल हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । लम्की जेसिजले आयोजना गर्ने खेलको सह आयोजक लम्कीमा रहेको किसान सहकारी रहेको छ ।

विद्यालय स्तर बाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने, क्रिकेटमा नै आफ्नो भविष्य खोजिरहेका खेलाडीहरुको हौसला प्रदान गर्ने, सबल, सक्षम,र्सिजनशिल र अनुशासित खेलाडी उत्पादन गर्न लम्की क्षेत्रलाई क्रिकेटमा चिनाउन खेल आयोजना गर्न लागिएको लम्की जेसिजले बताएको छ

यो वर्ष कोभिड १९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउनका निम्ति विद्यालय स्तरीय प्रथम किसान सहकारी जेसिज क्रिकेट लिग प्रतियोगिता हुन लागेको बताएको छ ।

प्रथम संस्करणको किसान सहकारी जेसिज क्रिकेट प्रतियोगितामा  लम्की बौनिया र टिकापुर क्षेत्रका १८ टिमको टिमको सहभागिता रहने भएको छ ।

जसमा पानसदिप लम्की,सफल सुदुरपश्चिम लम्की,क्याम्बृज बोर्डिङ स्कुल बलिया, सर्बोदय विद्या मन्दिर गप्का,कैलाली पब्लिक लम्की,स्यम्भुनाथ लम्की,उज्यालो शिक्षा सदन लम्की,नाता एकेडेमी लम्की,पायनिर्य लम्की,कैलाली नेसनल मोतिपुर,सन्त निरंकारी टिकापुर,आर ए मि टिकापुर,नव बाल बाटिका बौनिया,जन जागृति चौरी, गणेशबाबा टिकापुर,दसरथ माध्यामिक विद्यालय चुहा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै लम्की जेसिजका अध्यक्ष घनश्याम डागीले खेलको माध्याम बाट यहि क्षेत्रमै राष्ट्रिय केलाडी उत्पादन गर्ने,लम्की क्षेत्र लाई लागुऔसध बाट मुक्त गर्ने,लम्की क्षेत्र लाई क्रिकेटको मुख्य हब बनाउने मुख्य उद्देश्य रहेको बताउनु भयो ।

किसान सहकारीका महाप्रबन्धक डम्मर शाहले किसान सहकारीले बिगत २५ बर्ष देखि सामाजिक काम गर्दै आई रहेको अवगत गराउदै प्रथम किसान सहकारी जेसिज क्रिकेट कम २०७७ आयोजना गर्न पाउँदा खुसी व्याक्त गर्नु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय २१,ट्रफी मेडल प्रमाणपत्र,द्धितिय हुनेले ३१ हजार १ सय २१ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र, पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशि ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएका छन् । खेल लम्की चुहा ३ व्यावस्थितनगरमा रहेको खेल मैदानमा हुनेछ  ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.