लम्की जेसिज इतिहासमै पहिलो पटक प्रथम किसान सहकारी जेसिज क्रिकेट कप २०७७ हुने

लम्की क्षेत्र लाई क्रिकेटको मुख्य हब बनाउने मुख्य उद्देश्य
सोमवार, चैत्र ९, २०७७, लम्की, कैलाली । 

कैलालीको लम्कीमा प्रथम किसान सहकारी जेसिज क्रिकेट कप २०७७ हुने भएको छ । आगामी चैत्र १३ देखि २८ गते सम्म खेल हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । लम्की जेसिजले आयोजना गर्ने खेलको सह आयोजक लम्कीमा रहेको किसान सहकारी रहेको छ ।

विद्यालय स्तर बाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने, क्रिकेटमा नै आफ्नो भविष्य खोजिरहेका खेलाडीहरुको हौसला प्रदान गर्ने, सबल, सक्षम,र्सिजनशिल र अनुशासित खेलाडी उत्पादन गर्न लम्की क्षेत्रलाई क्रिकेटमा चिनाउन खेल आयोजना गर्न लागिएको लम्की जेसिजले बताएको छ

यो वर्ष कोभिड १९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउनका निम्ति विद्यालय स्तरीय प्रथम किसान सहकारी जेसिज क्रिकेट लिग प्रतियोगिता हुन लागेको बताएको छ ।

प्रथम संस्करणको किसान सहकारी जेसिज क्रिकेट प्रतियोगितामा  लम्की बौनिया र टिकापुर क्षेत्रका १८ टिमको टिमको सहभागिता रहने भएको छ ।

जसमा पानसदिप लम्की,सफल सुदुरपश्चिम लम्की,क्याम्बृज बोर्डिङ स्कुल बलिया, सर्बोदय विद्या मन्दिर गप्का,कैलाली पब्लिक लम्की,स्यम्भुनाथ लम्की,उज्यालो शिक्षा सदन लम्की,नाता एकेडेमी लम्की,पायनिर्य लम्की,कैलाली नेसनल मोतिपुर,सन्त निरंकारी टिकापुर,आर ए मि टिकापुर,नव बाल बाटिका बौनिया,जन जागृति चौरी, गणेशबाबा टिकापुर,दसरथ माध्यामिक विद्यालय चुहा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै लम्की जेसिजका अध्यक्ष घनश्याम डागीले खेलको माध्याम बाट यहि क्षेत्रमै राष्ट्रिय केलाडी उत्पादन गर्ने,लम्की क्षेत्र लाई लागुऔसध बाट मुक्त गर्ने,लम्की क्षेत्र लाई क्रिकेटको मुख्य हब बनाउने मुख्य उद्देश्य रहेको बताउनु भयो ।

किसान सहकारीका महाप्रबन्धक डम्मर शाहले किसान सहकारीले बिगत २५ बर्ष देखि सामाजिक काम गर्दै आई रहेको अवगत गराउदै प्रथम किसान सहकारी जेसिज क्रिकेट कम २०७७ आयोजना गर्न पाउँदा खुसी व्याक्त गर्नु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय २१,ट्रफी मेडल प्रमाणपत्र,द्धितिय हुनेले ३१ हजार १ सय २१ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र, पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशि ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएका छन् । खेल लम्की चुहा ३ व्यावस्थितनगरमा रहेको खेल मैदानमा हुनेछ  ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: रमित पाण्डे

रमित पाण्डे

सोमवार, चैत्र ९, २०७७ (March 22, 2021, 1:45 pm) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै