
भुमी सम्बन्धि समस्या समाधान गर्न लगत संकलन कार्य मोहन्याल गाउँपालिकाको वडा न ७ को पितमारिबाट सुरु गरिएको छ ।
भुमी सम्बन्धि समस्या आयोगको भुमिहिन दलित,भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आवास र कृषि प्रयोजनका लागि जग्गा उपलब्ध गराउने योजना अनुसार पहिलो चरण अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर ७ को पितमारीमा गाउँपालिका उपाध्यक्ष पुजा देबि बुढा मगर, वडा नम्बर ६ का अध्यक्ष टीकाराम भण्डारी,पुर्ब निमित्त प्रमुख प्रसासकिय अधिकृत तथा जनस्वास्थ्य निरीक्षक जयनन्द जैशी,वडा सदस्य शंकर सिंह बिष्ट लगायतको उपस्थितिमा आबेदन फारम संकलन गर्ने कार्यको शुभारम्भ भएको वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
अध्यक्ष अधिकारीले जानकारी दिदै भन्नू भयो आबेदन संकलन कार्य तपाईहरुकै घर दैलोमा आएर गरिने हुँदा मिति २०७७-१२-२४ गतेको सुचनामा माग भएका कागजातहरु तयारी अवस्थामा राख्नु हुन समेत अनुरोध गर्नु भएको छ । दिंबगत स्वर्गीय अध्यक्ष ज्युको एउटा सपना पुरा गर्न आफुहरु लागि परेको प्रतिक्रिया दिनु भयो ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द