भुमी सम्बन्धि समस्या समाधान गर्न लगत संकलन कार्य मोहन्याल गाउँपालिकाको वडा न ७ को पितमारिबाट सुरु गरिएको छ ।
भुमी सम्बन्धि समस्या आयोगको भुमिहिन दलित,भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आवास र कृषि प्रयोजनका लागि जग्गा उपलब्ध गराउने योजना अनुसार पहिलो चरण अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर ७ को पितमारीमा गाउँपालिका उपाध्यक्ष पुजा देबि बुढा मगर, वडा नम्बर ६ का अध्यक्ष टीकाराम भण्डारी,पुर्ब निमित्त प्रमुख प्रसासकिय अधिकृत तथा जनस्वास्थ्य निरीक्षक जयनन्द जैशी,वडा सदस्य शंकर सिंह बिष्ट लगायतको उपस्थितिमा आबेदन फारम संकलन गर्ने कार्यको शुभारम्भ भएको वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
अध्यक्ष अधिकारीले जानकारी दिदै भन्नू भयो आबेदन संकलन कार्य तपाईहरुकै घर दैलोमा आएर गरिने हुँदा मिति २०७७-१२-२४ गतेको सुचनामा माग भएका कागजातहरु तयारी अवस्थामा राख्नु हुन समेत अनुरोध गर्नु भएको छ । दिंबगत स्वर्गीय अध्यक्ष ज्युको एउटा सपना पुरा गर्न आफुहरु लागि परेको प्रतिक्रिया दिनु भयो ।
