Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

दिपेन्द्र माध्यामिक विद्यालयले रजत जयन्ती मनायो

User Photo बुधबार, चैत्र २५, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्की थपालीपुरमा रहेको दिपेन्द्र माध्यामिक विद्यालयले आफ्नो स्थापना कालको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाएको छ ।
२०५२ सालमा स्थापना भएको विद्यालय कक्षा १० सम्म संचालित रहेको छ । लम्की चुहा नगरपालिका वडा नम्बर १ मा विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै २५ बर्षे जन्म जयन्ती मनाएको हो ।
२०५१ सालमा थपालिपुरका शिक्षा प्रेमी अभिभावकको सकृयतामा थपालीपुर बि टोलमा स्थानीय हुर्मत चलाउनेको गोठमा तत्कालीन समयका शिक्षक विर बहादुर थापा लाई पढाउन लगाइएको थियो ।

यस क्षेत्रमा बढदो जनसंख्या र साना नानी बाबू लाई प्राथमिक शिक्षा हासिल गर्न पुर्व पश्चिम राजमार्ग पार गरि कालिका माध्यामिक विद्यालयमा लम्कीमा जान अफ्ठयारो र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै २०५२ सालमा शिक्षा कार्यालय कैलाली बाट अनुमति लिई विद्यालय संचालन गरिएको थियो । जनसंख्या आवश्यकता अनुसार २०५७ सालमा ५ सम्म त्यसको केही समय पछि १० सम्म संचालन गरिएको थियो ।
रजत जयन्तीको अवसरमा आफ्नो धारणा कार्यक्रमका प्रमुखअतिथि प्रदेश सांसद रतन थापाले सामुदायिक विद्यालय पनि निजि भन्दा पढाईमा राम्रो भएको बताउनु भयो । आम अभिभावकहरुले आफ्ना बालबालिकाको पढाइ प्रती चासो दिएर निगरानी गरेमा राम्रो सामुदायिक विद्यालयले पनि राम्रो नतिजा ल्याउन सक्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी लम्की चुहा नगरपालिकाकि उप प्रमुख टीका थापाले नगरपालिकाले पालिका भित्र भित्र रहेका विद्यालयमा लगानी बढाउदै लगेकाले विद्यालय राम्रो हुने बताउनु भयो ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.