कर्णाली चिसापानीमा बेपत्ता युवकको शब अझै भेटिएको छैन । ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दिर्ग बोगटीले मालिका एफएम सङ्ग कुरा गर्दै भने नेपाल प्रहरी,ससत्र प्रहरी र युवकका आफन्तले अहिले पनि खोजी कार्य लाई जारी राखेका छ्न ।
हिजो सनिवार दिउँसो करिव ३ बजे तिर कैलालीको लम्कीमा रहेको ब्राईट फ्युचर ईङलिस मिडियम स्कुलमा कक्षा १० मा अध्यानरत ८ जना विद्यार्थी चिसापानी घुम्न गएका मध्य ५ जना पुलको छेउमा फोटो खिचिरहेका र ३ जनाले पुलको बिच भागबाट हाम फालेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दिर्ग बोगटिको कमाण्डमा खटिएको प्रहरी टोलिले दुई जना लाई सकुसल उद्दार गरेको र एक जना बेपत्ता भएका थिए ।
र्याप्टिङ बोटको सहायताले लम्कीचुहा १ थकालीपुर बस्ने केशब सिंहका छोरा वर्ष १७ को बिरेन्द्र सिंह, थपालीपुरकै देवराज प्याकुरेलका छोरा वर्ष १८ का लोकेश प्याकुरेललाई शकुशल उद्दार गर्न प्रहरी सफल भएपनि लम्की चुहा २ अमरपुर बस्ने वर्ष १८ को संजय खड्का बेपत्ता भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनु भयो ।
लोकेश र केशबले सुरुमा हाम फालेपछि उनिहरु लाई बचाउन बिरेन्द्र सिह गएको बुझिएको छ । तर अन्य सामाजिक संजालमा टिकटक भिडियो बनाउन हाम फालेको भनेपनी त्यो प्रमाणीत नभएको परहरीले जानकारी दिएको छ ।
अपडेट
