कैलालीको बर्दगोरीया गाउँपलिका वडा नम्बर १ निवासी स्वर्गीय अम्मबर बहादुर साउदको धर्मपत्नी बिष्णा देवी साउदलाई जीवन बिमा बापतको २ लाख २६ हजार ४ सयको चेक हस्तान्तरण गरिएको छ ।
बुधबार साउदको श्रीमती बिष्णा साउदलाई उहाँकै घरमा चेक हस्तान्तरण गरिएको हो ।
उक्त मृत्यु दावी भुक्तानी एल आई सी नेपाल लिमिटेड लम्कि शाखाका शाखा प्रमुख तिलक प्रसाद जोशी, वरिष्ठ एजेन्सी म्यानेजर डिल्ली प्रसाद गड्तोला, अभिकर्ता द्वय पर्शुराम चौधरी र पदम बहदुर महराले लगायतकाको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना सहित चेक हस्तान्तरण गरिएको हो । साउदको डेढ बर्ष अघि रु २ लाखको बिमा गरिएको थियो र निज साउदको क्यान्सर रोगको कारण उपचारको मृत्यु भएको थियो ।
