कैलालीमा एटीएमबाहेक बैंकको सबै सेवा बन्द गरिने

कैलाली जिल्लामा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिने भएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो तर बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी गराए।

साथै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने बताइएको छ।

निर्णय सोमबार राति १२ देखि लागु हुने जनाइएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निषेधाज्ञा लम्ब्याइएको बताइएको छ।

निषेधाज्ञा थप कडा पारिने भन्दै १५ बुँदा निर्णय गरिएको हो। कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्मको लागि लम्ब्याइएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
मङ्ल, बैशाख २८, २०७८ (May 11, 2021, 2:41 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै