लम्कीचुहा नगरपालिका

कांग्रेस नेता कमल शाहको सहयोगमा अटो एम्बुलेन्स सेवा सुरु, लम्की चुहा अस्पताललाई एक लाख सहयोग

नेपाली कांग्रेसका नेता कमल बहादुर शाहको ब्याक्तीगत सहयोगमा कैलाली क्षेत्र २ मा अटो एम्बुलेन्स सेवा सुरु गरिएको छ । ५ वटा अटोलाई तयारी अवस्थामा राखिएको हो ।

पछिल्लो समय कोरोना संक्रमण फैलिरहेको बेला बिरामी लाई अस्पताल सम्म जान सवारी साधन नपाईने समस्यालाई मध्यनजर गर्दै अटो एम्बुलेन्स सेवा सुरु गरिएको हो ।

यस्तै कोरोना संक्रमितहरुका लागि सहयोगि हातहरु लम्की अभियान मार्फत नेता शाहले करीब ८० अक्सिजन सिलिण्डरका लागि लम्की चुहा अस्पताललाई १ लाख रुपैयाँ, बर्दगोरीया गाउँपालिका स्वास्थ्य शाखालाई ३५ हजार गर्नु भएको अभियानका संयोजक खडानन्द सापकोटाले जानकारी दिनु भयो ।

कमल बहादुर शाह (नेता- नेपाली कांग्रेस)

नेता शाहकाे कोरोना नियन्त्रणको लागि गरेको पहलकदमी एकदमै तारिफ योग्य छ। उहाँले आफ्नो खाद्य भवनलाई अस्थायी कोरोना अस्पताल (Isolation Ward) बनाउन सहमती दिइ सक्नु भएको छ ।

शाहले पहिलो लहरको कोरोना कालमा पनि ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग,कैलाली क्षेत्र नम्बर २ का २४३ महिना स्वास्थ्य स्वयसेबिकाको कोरोना बिमा लगायत बाढि पीडित लाई पनि सहयोग गर्नु भएको थियो ।

अटो एम्बुलेन्स सेवा सुरु गरिएको कार्यक्रममा कोरोना संक्रमितहरुका लागि सहयोगि हातहरुका संयोजक खडानन्द सापकोटाले आफुहरुले अहिले यो अभियान चलाएकोले अभियानमा जोडिन सबै लाइ आग्रह गर्नु भयो, साथै उहाँले बिदेशमा बस्ने आम नेपाली सङ्ग सहयोगकाे अपिल गर्ने समेत बताउनु भयो ।

१ लाखको चेक ग्रहण गर्दै लम्की चुहा अस्पतालका व्यावस्थापक जयन्द्र जैशीले अस्थाई आईसोलेसन बनाउन खाद्य भवन दिने निर्णय निकै स्वागत योग्य भएकाले उक्त ठाउँमा आईसोलेसन निर्माण गर्न आफुहरु छ्लफलमा भइ रहेको बताउदै शाहले सहयोग गरे जस्तै अन्य ब्यावसायी हरुले पनि सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्नु भयो ।

एक जना अटो चालकले यो मानबिय कार्यमा आफुहरु अभियानमा होडिएकोमा खुशि ब्याक्त गर्दै स्वास्थ्य मापदण्ड अपनाएर बिरामी बोक्ने बताउनु भयो ।

एम्बुलेन्स अटोरिक्सा चालकहरुको स्वास्थ्य सुरक्षाको लागि चालकलाई पिपिई सेट समेत उपलब्ध गराइएको छ । सेवा लिनको लागि ९८५११५०४४/ ९८६२४८२८९८/ ९८५८४२१८५६/ ९८६०४३४२३५/ ९८६००३०१७५ र ९८४०७२८१३० नम्बरहरुमा सम्पर्क गर्न सकिने छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
आइत, जेष्ठ २, २०७८ (May 16, 2021, 2:13 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै