Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

कैलालीको लम्कीचुहा अस्पतालमा ५० लाखको मिनि अक्सीजन प्लान्ट जडान गरिदै

User Photo आइतवार, जेष्ठ २, २०७८
लम्की, कैलाली ।

कोरोना भाईरसले व्यापक फैलीरहेकोले अक्सीजन अभावमा नागरिकको ज्यान जान थालेपछी नियन्त्रण गर्न कैलालीको लम्कीचुहा अस्पतालमा ५० लाख बराबरको मिनि अक्सीजन प्लान्ट जडान गरिने भएको छ ।

लम्कीचुहा नगरपालिका र सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय विच आईतवार प्लान्ट जडान गर्ने बिषयमा सम्झौता भएको लम्कीचुहा नगरपालीकाका नगर प्रमुखका सचिवालय प्रमुख धनन्जय न्यौपालेले जानकारी दिनु भयो ।

अक्सीजनको माग बढे संगै लम्कीचुहा नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सीजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै पत्राचार गरेको थियो ।

सुदुरपश्मि प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले विशेष पहल गर्दै जडान कार्य सुरुवातका लागि रु. १५ लाख विनियोजन गर्ने निर्णय गर्नुभएको छ भने बाँकी रकम जडान कार्य सम्पन्न भए पश्चात उपलब्ध गराईने छ ।

प्लान्टबाट दैनिक ५० सिलिण्डर फिल हुने भएपछी लम्की चुहा मात्र नभएर लम्की चुहा आसपासका क्षेत्र लाई सहज हुने छ ।लम्कीचुहाका कार्यवाहक नगरप्रमुख लाल बहादुर बोगटिले प्रदेश सरकार लाई धन्यवाद दिनु भयो ।

लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई  कोरोना संक्रमीत भएपछि होम आईसोलेसनमा बस्नु भएको छ ।

हाल लम्कीचुहा नगरपालिका भित्र नगरको आफ्नै पहलमा १५ शैयाको अस्पताल संचालनमा छ भने वडा नम्बर १० चुहामा ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणधिन अवस्थामा छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.