Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

चुलिमालिका साहित्यिक युवा क्लबका युवाहरू टोलटोलमा स्वास्थ्य सामाग्री वितरण गर्दै

कोरोना सम्बन्धि चेतना जगाउदै, लम्किचुहाका युवा

User Photo बुधबार, जेष्ठ ५, २०७८
लम्की, कैलाली ।

कैलालीको लम्किचुहा २ मा रहेको चुलीमालीका साहित्यिक युवा क्लबले टोलटोलमा स्थानीयलाई स्वास्थ्य सामाग्री सहयोग र जनचेतना अभियान थालेको छ ।

युवा क्लबहरु सुस्ताएको बेला आफुहरु कोरोना लाई परास्त गर्ने अभियानमा जुटेको क्लबका सचिब बिनोद धमालाले बताउनु भयो ।

आफु पनि बचौ र अरुलाई बचाउ भन्ने मुल नाराका साथ अभियानमा जुटेको उहाँको भनाई छ ।

क्लबले हालसम्म मोहनलाल सामुदायिक उपभोक्ता बन समुहले सहयोग गरेका १५सय पिस माक्स,५२० पिस साबुन,५२० बोटल सेनिटाईजर टोल टोलमा पुगेर वितरण गरेको हो ।

त्यसै मायाराम धमालाले सहयोग गरेको ४० पिस साबुन,भिम प्रसाद जैशीले सहयोग गरेको ५० बोटल सेनिटाईजर र कोरीया बस्दै आउनु भएका केशब राज शाहीले सहयोग गरेको १० हजारको स्वास्थ्य सामाग्रीहरु टोल टोलमै पुगेर क्लबका पधिकारी हरुले वितरण गरेका हुन ।

क्लबका सचिब बिनोद धमालाले आफुहरुको यो अभियान निरन्तर चलीरहने बताउदै माहामारी सँग लडन आम युवाहरुलाई आग्रह समेत गर्नु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.