Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

लम्की जेसिज द्वारा किसान बहुउद्देश्यीय सहकारीको अक्सिजन बैकलाई २५ हजार बढी सहयोग

User Photo बिहिबार, जेष्ठ ६, २०७८
लम्की, कैलाली ।

मानवता को सेवा जीवन को सर्बोत्तम कार्य हो भन्ने मुलमन्त्र आत्मसात गदै किसान बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड द्वारा संचालित किसान अक्सिजन बैक मा लम्की जेसिजले रकम हस्तान्तरण गरेको छ ।

डम्मर राज ज्ञवालले सहयोग गरेको रु.१६००/-मिलायर .२५ हजार सात सय ६० नगद हस्तान्तरण गरिएको छ ।

लम्की जेसिज बर्ष २०२१ ला अध्यक्ष घनश्याम डागीले आफुहरुको सानो सहयोग ले कसैको ज्यान जोगिन्छ कि भनेर यो महान अभियानमा हातेमालो गरेको बताउनु भयो ।

साथै सम्पुर्ण महानुभावहमा किसान सहकारीको यो अभियानमा जोडीदिन हुन हार्दिक अपिल समेत गर्नु भयो ।

अक्सिजन बैंकलाई सिलिन्डर खरिद तथा रिफिल गर्नका लागि लम्की जेसीजका अध्यक्ष घनश्याम डांगीले २ हजार १ सय रुपैयाँ, कानुनी, सल्लाहकार मोहन प्रसाद ढुंगाना १ हजार ५ सय रुपैयाँ, महासचिव रजबहादुर थापा २ हजार १ सय , कोषाध्यक्ष ललित देउवा १ हजार रुपैयाँ , उपाध्यक्ष किसन चौधरी १ हजार १ सय रुपैयाँ , उपाध्यक्ष ममता रावल १ हजार ५ सय रुपैयाँ , उपाध्यक्ष इसिका थापा १ हजार ५० रुपैयाँ , उपाध्यक्ष बसन्ती कुमारी बलामी मगर २ हजार १ सय रुपैयाँ , सचिव नारद प्रसाद जोशी २ हजार ५ सय ५ रुपैयाँ , शाखा सम्पादक कल्पना तिमिल्सैना १ हजार १ सय रुपैयाँ , तालिम संयोजक नेत्रप्रसाद जैसी १ हजार १ सय रुपैयाँ , गै.स.सं. संयोजक अञ्जली श्रेष्ठ २ हजार ५ सय ५ रुपैयाँ , स. बृद्धी संयोजक दयाराम न्यौपाने १ हजार १ सय रुपैयाँ , प्रकरण निर्देशक सुरेश चौधरी १ हजार रुपैयाँ , स्वास्थ्य संयोजक भरतराज खनाल १ हजार ५ सय रुपैयाँ , डम्बरराज गौली लम्की १ हजार ६ सय रुपैयाँ गरि जम्मा २५ हजार ७ सय ६० रुपैयाँ उठाइएको रकम सहयोग गरेका थिए ।

अक्सिजन नपाएर समस्यामा परेकालाई सहयोगहोस् भन्ने उद्देश्यले सबैले आफ्नो तर्फबाट रकम उठाएर सहयोग गरिएको अध्यक्ष घनश्याम डांगीले बताए । किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले टीकापुर अस्पताललाई १ सय सिलिन्डर , भजनीमा १० वटा सिलिन्डर, लम्कीचुहा नगरपालिकामा १ सय ८० अक्सिजन सिलिन्डर रिफिल गरेर सहयोग गरिसकेको र यो अभियान जारी रहने समेत बताए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.