
बजगाई एसोसिएट र दिपदेभ बिजनेस एडभाईजरले लम्कीचुहा अस्पताललाई ३१ हजार ५ सय सहयोग गरेको छ । बजगाई एसोसिएट र दिपदेभ बिजनेस एडभाईजरका प्रबन्धक हेमन बजगाईले उक्त रकमको चेक लम्कीचुहा अस्पतालका कार्यबहाक व्यावस्थापक महेश बिष्टलाई हस्तान्तरण गर्नु भएको हो ।
पछिल्लो समय कोरोना भाईरस दिनप्रतिदिन बढीरहेकाले कुरालाई मध्यनजर गर्दै उक्त रकम हस्तान्तरण गरेको बजगाईले बताउनु भयो ।
कोरोना सङ्ग लडने अभियानमा आफ्नो केही रकमले भएपनी सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको बताउनु भयो ।
आफुले गरेको सहयोग भोलि केही पर्दा आफ्नै लाई काम लाग्ने भएकाले कोरोना लाई परास्त गर्न सरकारले मात्र नसक्ने भएकाले सबैले आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न अपिल गर्नु भयो । दिपदेभ बिजनेस एडभाईजरले अहिले अडिट गर्ने, कम्पनी दर्ता गर्ने, व्यावसायिक सल्लाह दिने लगायतका थुप्रै काम गर्ने गर्दछ ।
अहिले कैलालीको लम्की मोतिपुर,धनगढी सहिद गेटा नजिक र काठमाडौको नयाँ बानेश्वर बाट सेवा दिइरहेको छ ।