Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

लम्कीचुहाकाे गणेशपुरमा वाइसिएल वडा कमिटिले सुरु गर्यो निशुल्क अटो एम्बुलेन्स सेवा

User Photo शनिबार, जेष्ठ ८, २०७८
लम्की, कैलाली ।

लम्कीचुहा नगरपालिका २ गणेशपुरमा वाइसिएल वडा नम्बर २ को कमिटिले निशुल्क अटो एम्बुलेन्स सेवा , इमन्जेन्सि हेल्प डेस्क संचालनमा ल्याएको छ । केहि दिन अघि देखि यो सेवा सुरु गरेको अभियान्ता सन्जु शाहीले जानकारी दिनुभयो ।

कोरोना माहामारी संग लड्ने अभियानमा आफुहरुको केहि पहल होस भनेर यि सेवाहरु सुरु गरेको थअ िलम्की चुहा २ को कमिटिले जनाएको छ । पहिल्लो समय केहि सामान्य बिरामी भएपनि अस्पतल जान समस्या भएकाहरुको सहजताका लागी आपतकालीन निशुल्क अटो एम्बुलेन्स सेवा सुरु गरेको उनीहरुले बताएका छन ।

यति मात्र होइन उक्त टिमले आज ३ वटा परिवारलाइ राहत सामाग्री समेत वितरण गरेको छ । प्रति परिवार लाई ३० किलो चामल, २ किलो दाल, २ पोका तेल, २ किलो नुन, सोडा साबुन वितरण गरेको छ ।

केहि दिन अगाडी मोतिपुर निवासी पुर्ण जनमुक्ती सेना, अपांगता भएका व्यक्तीलाइ ५० किलो चामल, ४५ किलो गहुँ, ५ प्याकेट सोडा, ३ लिटर तेल, साबुन, ४ किलो दाल वितरण गरेको थियाे ।

अहिले आफुहरुले विपन्न र अपांगता भएकाहरुलाई आफुहरुले वितरण गरिरहेका अभियान्ता सन्जु शाहीले जानकारी दिनुभयो । निशुल्क अटो एम्बुलेन्स सेवा लिन ९८४५९९७२९८, ९८६०५३०५९३ मा सम्पर्क गर्न सकिने छ ।

यस्तै कैलालीको बलिया बजारमा समेत युवाहरुले हेल्प डेस्क संचालनमा ल्याएका छन । कोरोना संग युवाहरु एक भएर हेल्प डेस्क संचालनमा ल्याएको ति युवाहरुको भनाई छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.