Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

सनराईज बैंक लम्की शाखाले गर्यो अस्पताल र प्रहरीलाई स्वास्थ्य सामाग्रि वितरण

User Photo शुक्रबार, जेष्ठ १४, २०७८
लम्की, कैलाली ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेकोे सनराईज बैँकले आज लम्किचुहा अस्पताल र इलाका प्रहरी कार्यालय मोतिपुरलाई ग्लोब, मास्क, फेस सिल्ड, सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्रि वितरण गरेको छ ।

कोरोना महामारिले स्थिती ठप्प रहेको र फिल्डमा गएर काम गर्न स्वास्थकर्मी र प्रहरीलाई सहयोग पुगोस् भन्ने उदेश्यले स्वाथ्य सामाग्रि वितरण गरिएको सनराईज बैँक लम्की शाखा प्रबन्धक मातृका खडकाले जानकारी दिनु भयो ।

वितरण गरिएका स्वाथ्य सामाग्रिले आफुहरुलाई फिल्डमा जान सहज हुने भन्दै सहयोगका लागि वैङ्कलाई अस्पताल र ईलाका प्रहरी कार्यालयले धन्यवाद दिएका छन् ।

वैङ्कले लम्किचुहा अस्पताल लम्कीलाइ ५ पिपिइ सेट, १५बक्स मास्क, १५ लिटर सेनिटाईजर, २० पिस फेस सिल्ड, ५० जोडा ग्लोबस तथा ईलाका प्रहरी कार्यालय लम्किलाई १५ बक्स मास्क, १५ लिटर सेनिटाईजर, २० पिस फेस सिल्ड, तथा ५० जोडा ग्लोबस, वितरण गरिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.