कैलालीका युवा करन साउँदले खाद्य सामाग्री वितरण गरेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का युवा साउँदले विभिन्न ठाउँका १ सय ५० बढी परिवारलाई खाद्य सामाग्री वितरण गरेका हुन्।
उनले व्यापारी तथा दाताहरुबाट संकलन गरेको चामल, तेल,दाल, नुन, साबुन लगाएतका सामाग्री वितरण गरेको बताए।
साउँदका अनुसार वडा नम्बर ५ को कोहलपुर टोलमा २६ परिवार, दाङ्पुरका १० परिवार, बालुवाटारका ३६ परिवार, शिविरका १२ परिवार र जनजागृती टोलका ८ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो। उनले शुक्रबार बौनियाको सहारा घरमा समेत साँझको खाना खुवाएको बताए।
उनले निषेधाज्ञाको समयमा नगरपालिका लगाएतका सरकारबाट राहतको कुनै कार्यक्रम नआएपछि राहत सामाग्री संकलन गर्दै वितरण गरेको बताए। जनताको मत लिएर शासन गरिरहेकाहरुले वास्ता नगरेपछि आफुले केही कोसिस गरेर राहत सामाग्री वितरण गरेको उनले बताए ।