Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

बेसहाराको सहारा बन्दै कैलालीका युवा करन साउँद, १ सय ५० बढी परिवारलाई खाद्यन्न वितरण

User Photo मङ्लबार, असार १, २०७८
लम्की कैलाली ।

कैलालीका युवा करन साउँदले खाद्य सामाग्री वितरण गरेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का युवा साउँदले विभिन्न ठाउँका १ सय ५० बढी परिवारलाई खाद्य सामाग्री वितरण गरेका हुन्।

उनले व्यापारी तथा दाताहरुबाट संकलन गरेको चामल, तेल,दाल, नुन, साबुन लगाएतका सामाग्री वितरण गरेको बताए।

साउँदका अनुसार वडा नम्बर ५ को कोहलपुर टोलमा २६ परिवार, दाङ्पुरका १० परिवार, बालुवाटारका ३६ परिवार, शिविरका १२ परिवार र जनजागृती टोलका ८ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो। उनले शुक्रबार बौनियाको सहारा घरमा समेत साँझको खाना खुवाएको बताए।

उनले निषेधाज्ञाको समयमा नगरपालिका लगाएतका सरकारबाट राहतको कुनै कार्यक्रम नआएपछि राहत सामाग्री संकलन गर्दै वितरण गरेको बताए। जनताको मत लिएर शासन गरिरहेकाहरुले वास्ता नगरेपछि आफुले केही कोसिस गरेर राहत सामाग्री वितरण गरेको उनले बताए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.